नागरिक लगानी कोषले वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा ११ अर्ब भन्दा धेरै रकम लगानी गर्ने भएकाे छ ।
कोषले नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त 'क' वर्गका बैंकमा एक वर्षे अवधिका लागि ११ अर्ब ८९ करोड ७० लाख ५५ हजार रुपैयाँ लगानी गर्न लागेकाे एक सूचना मार्फत जानकारी दिएकाे छ ।
त्यसैगरी, कोषले इच्छुक वाणिज्य बैंकहरुलाई आफूले राख्न चाहेको रकम, आफुले दिन सक्ने ब्याजदर र ब्याजदरको भुक्तानी अवधि तोकेर शिलबन्दी प्रस्ताव बुझाउन अनुराेध गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस