Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसीसीआईले नेपाल र ईटालीबीच व्यापार संस्कृति र पर्यटन प्रवद्धन गर्ने

अर्थ संसार

बुधबार, २६ असोज २०७९, १५ : ४९ मा प्रकाशित

एनआईसीसीआईले नेपाल र ईटालीबीच व्यापार संस्कृति र पर्यटन प्रवद्धन गर्ने

नेपाल–ईटाली उद्योग वाणिज्य संघ (एनआईसीसीआई) बीच यही असोज २४ गते द्विपक्षीय बैठक सम्पन्न भएको छ । बैठकमा नेपालमा व्यापार विकास र यसमा लगानी बारे छलफल भएको थियो ।

एनआईसीसीआईका उपाध्यक्ष सञ्जय अग्रवालले नेतृत्व गरेका उक्त बैठकमा नेपाल, भारतका लागि ईटालीका राजदूत भिन्सेन्जो डे लुका, ईटालीको लागि कोलकाताका महावाणिज्य दूत जियानलुका रुबागोटी, ईटालीको लागि दिल्लीका महावाणिज्य दूत र ईटालीका लागि नेपालका महावाणिज्य दूत प्रतिमा राणा पाण्डेको उपस्थिति रहेको थियो । एनआईसीसीआईका मानार्थ सदस्य राजेश काजी श्रेष्ठ विशेष अतिथिको रुपमा उपस्थित थिए साथै एनआईसीसीआईका अन्य वरिष्ठ कार्यकारी समिति सदस्यहरू बैठकमा उपस्थित थिए । 

इटालियन राजदूत भिन्सेन्जो डे लुकाले भने “ईटालियन दूतावासले ईटालियन उत्पादन र नेपालमा उपलब्ध सबै उत्पादनहरूको व्यापार मेला आयोजना गर्ने योजना बनाएको छ । हामीले ईटालियन उत्पादनलाई नेपालमा प्रचार प्रवद्धन गर्न विभिन्न परियोजनाहरू आयोजना गर्ने र नेपाली उत्पादनलाई पनि ईटालीमा प्रचार प्रवद्धन गर्ने योजना बनाएका छौँ ।” उनले विभिन्न विकास क्षेत्रमा लगानी गर्ने चासो देखाउँदै नेपालका उद्यमी र व्यवसायहरु ईटालीमा फस्टाउनका लागि सक्दो सहयोग गर्ने बताए । 

नेपाल–इटाली उद्योग वाणिज्य संघ (एनआईसीसीआई) ले २०३० मा रोममा हुन गईरहेको ‘ग्रान्ड ईन्टरनेशनल एक्स्पो’ मा नेपाललाई हिस्सा बनाउने लक्ष्य राखेको एनआईसीसीआईका उपाध्यक्ष सञ्जय अग्रवालले बताए । जलवायु परिवर्तन, विविधता र समावेशीकरणबाट खतरामा परेका क्षेत्र र समुदायहरू, राष्ट्रिय र अन्तर्राष्ट्रिय विकेन्द्रीकरण र गतिशीलता,  आर्थिक र सामाजिक विकासको लागि डिजिटल कनेक्टिभिटी जस्ता कुराहरुबाट नेपाललाई विकास र पुनरुत्थानको क्षेत्रलाई समेट्ने लक्ष्य लिईएको छ । एनआईसीसीआईले आगामी मार्च २०२३ मा ईटालीमा आयोजना हुने ‘मिलान ट्रेड फेयर २०२३’ मा नेपाली व्यापार, उत्पादन र संस्कृतिको प्रवद्धन गर्न प्याभिलियन राख्ने योजना बनाएको छ । 

नेपाल र ईटाली साँस्कृतिक रुपमा धनी छन् र एकआपसमा आफ्ना सँस्कृति आदानप्रदान गर्दै आईरहेका छन् । सन् २०१५ मा नेपालमा गएको भूकम्प पछि ईटाली र नेपालको सम्बन्धमा नयाँ आयाम थपिएको छ जसमा नेपालका लागि ईटालीले आर्थिक सहयोग जुटाएको थियो । यो बैठकले नेपाललाई ईटालीमा नेपालको व्यापार र पर्यटन प्रवद्धन गर्ने अवसर प्रदान गरेको छ साथै ईटालीले पनि नेपालमा व्यापार र पर्यटन प्रवद्धन गर्ने अवसर पाएका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको