Like us!
Follow us!
Connect us!
Watch us!

फोहोर बिसर्जनमा समस्या भयो, घरभित्रै सुरक्षित राख्नू - काठमाडौं महानगर

अर्थ संसार

शुक्रबार, १४ कार्तिक २०८२, १४ : ५१ मा प्रकाशित

फोहोर बिसर्जनमा समस्या भयो, घरभित्रै सुरक्षित राख्नू - काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले उपत्यकामा फोहरमैला घरमै सुरक्षित रूपमा राख्न नागरिकहरूलाई आग्रह गरेको छ। उपत्यकाको मुख्य फोहर बिसर्जनस्थल बञ्चरेडाँडा ल्याण्डफिल साइटमा स्थानीयहरूको अवरोधका कारण फोहर बिसर्जन प्रभावित भएको छ।

महानगरपालिकाले आज जारी गरेको सूचनामा स्थानीयको अवरोध हटाइने वा अर्को सूचना जारी नभएसम्म फोहोर घर वा कम्पाउण्डमा सुरक्षित तवरले राख्नुपर्ने भनिएको छ । साथै, फोहोर जथाभावी सडक वा सार्वजनिक स्थलमा नफाल्न पनि अनुरोध गरिएको छ।

बञ्चरेडाँडाका स्थानीयहरूले विभिन्न माग राख्दै फोहर बोकेको गाडी बीच बाटोमै रोकेका छन्। उनीहरूले मन्त्री र मेयर बालेन साहलाई वार्ता गर्न आएर समस्याको समाधान गर्नुपर्ने माग गरेका छन् जसका कारण उपत्यकामा फोहर व्यवस्थापन फेरि चुनौतीपूर्ण बनेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको