Like us!
Follow us!
Connect us!
Watch us!

जेनजी विद्रोहले जरा हल्लाएको छ, तर उखेलिएको छैन - बाबुराम भट्टराई

अर्थ संसार

शुक्रबार, १४ कार्तिक २०८२, १५ : ०१ मा प्रकाशित

जेनजी विद्रोहले जरा हल्लाएको छ, तर उखेलिएको छैन - बाबुराम भट्टराई

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले कांग्रेस र कम्युनिस्ट नामका ब्रान्डलाई जरैदेखि हटाउन जेनजी समूह एकजुट हुनुपर्ने बताएका छन्।

रास्वपाले शुक्रबार आयोजना गरेको बृहत् राजनीतिक संवाद कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले यस्तो बताएका हुन्।

भट्टराईले भने, 'उनीहरूले जनतालाई पटक–पटक ठगेर सत्तामा पुगेका छन्। संगठन तलसम्म छन्। जेनजी विद्रोहले जरा त हल्लाएको छ, तर उखेलिएको छैन। कांग्रेस र कम्युनिस्ट नामका ब्रान्डलाई जरैदेखि हटाउन जेनजी समूह एकजुट हुनुपर्छ।'

उनले जेनजी र नयाँ वैकल्पिक शक्तिहरूले एकजुट भएर आगामी निर्वाचनमा जानुपर्ने उल्लेख गर्दै त्यसको नेतृत्व जेनजीले लिनुपर्ने पनि बताए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको