Like us!
Follow us!
Connect us!
Watch us!

ब्रोकर अनुमतिको लागि नेप्सेले सिफारिस गर्याे १० नयाँ कम्पनी

अर्थ संसार

विहीबार, २७ असोज २०७९, १० : ५८ मा प्रकाशित

ब्रोकर अनुमतिको लागि नेप्सेले सिफारिस गर्याे १० नयाँ कम्पनी

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले १० वटा नयाँ कम्पनीलाई ब्रोकरको अनुमतिको लागि सिफारिस गरेकाे छ । नियामक निकाय नेपाल धिताेपत्र बाेर्डले यही असाेज २ गते ३० दिनभित्र नयाँ ब्रोकर लाइसेन्सको आवेदन दिन आह्वान गरेकाे थियाे ।

अन्ततः तोडिने नै भयो ५० ब्रोकरको सिन्डिकेट, नयाँ लाईसेन्स दिन बोर्डले माग्यो आवेदन (सूचना सहित)

साेही अनुसार नेप्सेले नयाँ ब्रोकर कम्पनीको लाइसेन्सको लागि अनुमती माग गरेकामध्ये १० वटा कम्पनीहरूलाई ब्रोकर कम्पनीको रूपमा कारोबार गर्ने अनुमतीको लागि नाम सिफारिस गरेको हाे ।

हिजाे बुधबार अर्थ मन्त्रालयका सहसचिव चक्रबहादुर बुढाको अध्यक्षतामा बसेको नेप्सेकाे सञ्चालक समितिको बैठकले नयाँ ब्रोकर कम्पनीको लागि आवेदन दिएकामध्ये १० वटा ब्रोकर कम्पनीहरूलाई अनुमतिको लागि नेपाल धितोपत्र बोर्डमा सिफारिस गर्ने निर्णय गरेको हाे ।

सिफारिस गरिएका नयाँ कम्पनीहरूमा क्यापिटल म्याक्स सेक्युरिटिज, प्रोपर्टी बिगाड सेक्युरिटिज, कलश सेक्युरिटिज, माछापुच्छ्रे सेक्युरिटिज, भोलेनलेज सेक्युरिटिज, सेयर ब्रो सेक्युरिटिज, प्रभु स्टक, एनएमबी सेक्युरिटिज, हिमालन ब्रोकरेज सेक्युरिटिज र केबीएल सेक्युरिटिज कम्पनी रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको