Like us!
Follow us!
Connect us!
Watch us!

अन्ततः तोडिने नै भयो ५० ब्रोकरको सिन्डिकेट, नयाँ लाईसेन्स दिन बोर्डले माग्यो आवेदन (सूचना सहित)

अर्थ संसार

आइतबार, ०२ असोज २०७९, ०७ : ०० मा प्रकाशित

अन्ततः तोडिने नै भयो ५० ब्रोकरको सिन्डिकेट, नयाँ लाईसेन्स दिन बोर्डले माग्यो आवेदन (सूचना सहित)

नेपाल धितोपत्र बोर्डले नयाँ धितोपत्र दलाल व्यवसायी(ब्रोकर) सेवा सञ्चालनका लागि निवेदन माग गरेको छ । आज एक सूचना प्रकाशन गर्दै बोर्डले निबेदन माग गरेको हो । 

धितोपत्र व्यवसायी पाँचौं संशोधन नियमावली २०७९ लाई मन्त्रीपरिषद्बाट पारित गरेपछि बोर्डलाई ब्रोकर लाईसेन्सको विनेदन माग गर्ने बाटो खुलेको हो । धितोपत्र दलाल व्यवसाय सञ्चालन गर्न योग्यता पुगेका संस्थाले ३० दिन भित्र बोर्डमा निवेदन दिनुपर्ने छ । 

धितोपत्र बजारको विकास तथा विस्तार गर्दै यसको सेवा तथा गुणस्तरमा स्वच्छ, निष्पक्ष, पारदर्शी र प्रतिष्पर्धी बनाई धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पहुँच अभिवृद्धि गर्न धितोपत्र बजारमा भितोपत्र दलाल तथा धितोपत्र व्यापारी थप गर्न आवश्यक भएकोले थितोपत्र सम्बन्धी ऐन, २०६३ र सो अन्तर्गत बनेका नियम तथा प्रचलित कानून र  सर्तहरूको अधीनमा रही धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको रूपमा धितोपत्र व्यवसाय गर्न चाहने संगठित संस्था वा कम्पनीलाई अनुमतिपत्र प्रदान गर्ने कार्य अगाडि बढाइएकोले थितोपत्र दलाल तथा थितोपत्र व्यापारीको अनुमतिपत्र प्राप्त गर्न चाहनेले निवेदन पेस गर्न बोर्डले आग्रह गरेको छ ।

बोर्डले प्रकाशन गरेको सूचनाः


 

632672a6b3466.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको