Like us!
Follow us!
Connect us!
Watch us!

सनराइज क्यापिटलले २५ प्रतिशत लाभांश वितरण गर्ने, डाक्याे साधारण सभा

अर्थ संसार

विहीबार, २७ असोज २०७९, ११ : १७ मा प्रकाशित

सनराइज क्यापिटलले २५ प्रतिशत लाभांश वितरण गर्ने, डाक्याे साधारण सभा

सनराइज क्यापिटल लिमिटेडले लाभांश वितरण गर्ने प्रस्तावसहित वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे  बाह्रौं वार्षिक साधारण सभा १८ कात्तिकमा हुनेछ ।

सभामा कम्पनीले २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ । सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । 
 
त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको