Like us!
Follow us!
Connect us!
Watch us!

छानी छानी सेयर किन्नुस्, अब बजार ट्र्याकमा फर्कन्छ : तुलसीराम ढकाल (भिडियाे)

अर्थ संसार

आइतबार, ३० असोज २०७९, १५ : २३ मा प्रकाशित

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले पछिल्लो समय सेयर बजार निरन्तर ओरालो लाग्नुमा अहिलेको अवस्था असहज रहनु एउटा कारण रहेको बताएका छन् । 

अर्थ संसारको नियमित कार्यक्रम मार्केट प्रेस्किप्सनमा बोल्दै उनले भने, "करिव करिव एक वर्ष अगाडि बजार ३२ सय सेरोफेरो इन्डेक्स पुगेर शिखर चुमेको थियो । त्यो बेलामा हरेक हिसाबले सहज अवस्था थियो । त्यो बेला चाहीँ कोभिडले विश्व नै तङ्थिलो भएको अवस्था थियो । लगानीका क्षेत्र केही पनि थिएन । बैंकमा पैसा प्रसस्त मात्रामा थियो । लगानी गर्ने ठाउँ कतै थिएन । आम व्यक्तिहरू घरमा बसेका अवस्था थियो र प्रविधीको पनि विकास भएको थियो अनलाइन कारोबार । जसले गर्दा हाम्रो पूँजी बजार १२४० को यात्राबाट सुरू गरेर ३२०० पुग्न सफल भयो ।"

उनले थपे, "त्यसपछाडि विभिन्न प्रहारहरू भए राज्यबाट नीतिको कारणले प्रहार गरियो । राज्यले हामीलाई नीतिगत हिसाबमा प्रहार गर्यो । हामीलाई धितोपत्र बोर्ड जस्तो अभिभावकले यो कम्पनी किन यो नकिन भन्दै सूची नै प्रकाशन गर्यो त्यहीँबाट मनोबल गिरायो । पछि गएर ४१२ को कुरा ल्याइयो । ४१२ आउने बित्तिकै जसले ॠण लिएर लगानी गर्नु भएको थियो त्यसले एक वर्ष भित्रमा व्यवस्थापन गर्नुपर्दा हामीलाई अफ्ठ्यारो पर्यो त्यो मार पनि बजारमै पर्यो । अर्को कुरा बैंक वित्तीय संस्थाहरूले लगानी गर्थे पूँजी बजारमा त्यसलाई पनि रोकियो । सँगसँगै हुँदाहुँदै भारित औषत दर १०० लाई १५० प्रतिशत पुर्याइयो । पूँजीबजार घट्ने बढ्ने क्रम चलिरहेपछि नियामक निकायमा बस्ने मानिसहरूलाई असैह्य भयो । असैह्यको कारणले गर्दा उहाँहरूले यस्ता असर फालिरहनु भयो जसको कारणले गर्दा पूँजी बजार धाराशायी बन्यो । र अब एउटा कुरा के भने जुन अर्थमन्त्रालयमा बस्ने अधिकारी, गभर्न, राष्ट्र बैंक उहाँहरूबीच नै पानी बाराबारको अवस्था पनि रह्यो बीचमा । त्यसको मार पनि प्रत्यक्ष रूपमा सेयर बजारलाई नै पर्यो । यी विविध कारणहरूले गर्दा पूँजी बजार डाउन ट्रेन्डमा गयो ।  "

"सरकार  बजारकाे विकास सरकारले चाहाँदैन र पूँजी बजार बढेकाे देख्न चाहाँदैन तर अब नचाहाँदा नचाहाँदै पनि पूँजी बजार बढ्छ ।"

लगानीकर्ताहरूको मनोबल बढाउन सरकार तयार नभएको उनको गुनासो छ । कोभिडको प्रभाव अर्थतन्त्रमा पछि देखिन थालेको र नेपालका नियमनकारी निकायमा बसेका व्यक्तिहरू नै नेपालको अर्थतन्त्रलाई श्रीलङ्कासँग तुलना गरी नकारात्मक कुराहरू मात्रै फैल्याउँदा लगानीकर्ताहरूको मनोबल झनै घटेको उनी बताउँछन् । 

अहिलेकाे तरलता अभाव पनि बजार घट्नुकाे मुख्य कारण रहेकाे उनकाे विश्लेषण छ । अहिले तरलता अत्यन्तै जटिल अवस्थामा पुगेकाे भन्दै उनले जति पैसा आएपनि बालुवामा पानी हालेकाे जस्ताे अवस्था भइसकेकाे बताए । एकातिर ॠण लिनै नपाइने पाइए पनि चर्काे ब्याजदर र याे पनि सरकार र सरकारकै नीतिकाे कारणले गर्दा भएकाे उनकाे तर्क छ । सरकारले सहजरीकरण गर्न नचाहेकै भएर याे अवस्था देख्नु परेकाे उनी बताउँछन् । अर्थतन्त्र तङथिलाे बनाएर त्याे भित्र खेल्न खाेजिएकाे उनकाे आराेप छ । यसरी साेच नै गलत रहेकाे र यी सबै गलत साेचकाे मार पनि पूँजी बजारमै परेकाे उनले उल्लेख गरेका छन् ।

उनी भन्छन्, "क्लियर छ पूँजी बजारकाे विकास सरकारले चाहाँदैन र पूँजी बजार बढेकाे देख्न चाहाँदैन यही कारणले गर्दा पूँजी बजार आजकाे दिनमा याे अवस्थामा छ । तर अब उहाँहरूले नचाहाँदा नचाहाँदै पनि पूँजी बजार आफ्नाे ट्र्याकमा फर्कन्छ । पूँजी बजार ट्याकमा फर्किने २-४ वटा आधार छन् ।"

उनका अनुसार यी हुन् बजार लयमा फर्कने आधारहरू :

१. चुनाव (लुकाइएका पैसा बैंकिङ्ग च्यानलमा जाँदा तरलता सहज हुन्छ ।)

२. नयाँ सरकार (अब बन्ने सरकार २ वर्षकाे हुन्छ र नीतिहरू पनि केही न केही सकारात्मक नै आउँछन् ।)

३. सूचिकृत कम्पनीकाे लाभांश वितरण गर्ने समय

४. सस्ताे सेयरमूल्य

५. बढ्दाे रेमिट्यान्स/बढ्दाे सञ्चिति मुद्रा

उनले अहिले आफूले बजारमा सकारात्मक नै सकारात्मक देखेकाे नकारात्मक कतै नदेखेकाे भन्दै अहिलेकाे समय सेयर किन्ने उत्तम समय रहेकाे सुझाव दिएका छन् । अहिलेकाे बेलामा छानी छानी सेयर किन्ने समय भएकाे भन्दै उनले प्रश्न गरे, "याे बेलामा सेयर नकिने कहिले किन्ने ?"

उनीसँग गरिएकाे भिडियाे कुराकानी तल प्रस्तुत गरिएकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको