Like us!
Follow us!
Connect us!
Watch us!

विश्व लगानीकर्ता सप्ताहको अवसरमा प्रभु क्यापिटलद्वारा सचेतना अभिवृद्धि प्रशिक्षण कार्यक्रम सञ्चालन

अर्थ संसार

आइतबार, ३० असोज २०७९, १७ : ३० मा प्रकाशित

विश्व लगानीकर्ता सप्ताहको अवसरमा प्रभु क्यापिटलद्वारा सचेतना अभिवृद्धि प्रशिक्षण कार्यक्रम सञ्चालन

विश्व लगानीकर्ता सप्ताह – २०२२ को अवसरमा विविध लगानीकर्ता सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रभु क्यापिटल लिमिटेडले रोटर्याक्ट क्लब अफ पाटन वेस्टका सदस्यहरुका लागि सेयर बजार सम्बन्धी Basic, Fundamental and Technical Analysis of Security Market विषयमा १ दिने प्रशिक्षण कार्यक्रम काठमाडौंमा सम्पन्न गरेको छ ।

कार्यक्रम राजधानी मोडेल कलेज, पुरानो बानेश्वर, काठमाडौंमा २०७९ असोज ३० गते आईतबार सम्पन्न भएको हो । रोटर्याक्ट क्लब अफ पाटन वेस्टका करिब २० जना सदस्यहरुको सहभागिता भएको उक्त तालिम कार्यक्रममा प्रशिक्षण दिने कार्य प्रभु क्यापिटल लिमिटेडका प्रमुख लगानी अधिकृत दुर्गा नन्द झाले गरेका थिए भने उक्त कार्यक्रमका उद्येश्य तथा महत्व बारे सञ्चालन विभाग प्रमुख बसन्ता उपाध्यायले प्रकाश पारेका थिए ।  

प्रशिक्षणमा सेयर बजार तथा प्राथमिक तथा दोश्रो बजार सम्बन्धी आधारभुत कुराहरु, सेयर बजारमा दिर्घकालिन लगानी गर्दा पाईने प्रतिफल, आधारभूत तथा प्राविधिक विश्लेषण तथा पोर्टफोलियो व्यवस्थापन तथा लगानीमा हुने जोखिम व्यवस्थापन सम्बन्धी विषयहरु समेटिएको थियो । 

प्रभु क्यापिटलले सेर लगानीमा सचेतना अभिवृद्धिका लागिे समय समयमा शेयर तथा पूँजी बजारसँग सम्बन्धित तालिम कार्यक्रमहरु, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको