Like us!
Follow us!
Connect us!
Watch us!

प्रकाशमान सिंहले सार्वजनिक गरे चुनावी प्रतिवद्धता पत्र

अर्थ संसार

सोमबार, ३१ असोज २०७९, १५ : ३८ मा प्रकाशित

प्रकाशमान सिंहले सार्वजनिक गरे चुनावी प्रतिवद्धता पत्र

नेपाली कांग्रेसका नेता एवं काठमाडौं १ बाट सत्ता गठबन्धनका उम्मेदवार प्रकाशमान सिंहले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । सोमबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा आयोजित पत्रकार सम्मेलनमा सिंहले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा निर्वाचन परिचालन समिति संयोजक वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, १ (क) का उम्मेदवार सुरजचन्द्र लामिछाने, (ख) उम्मेदवार दिपेन्द्र श्रेष्ठलगायतको सहभागिता रहेको थियोे ।

कार्यक्रममा नेता सिंहले नेपालको राजनीतिमा काठमाडौं १ ले प्रत्यक्ष र परोक्ष महत्त्व राख्ने गरेको बताउँदै यहाँका मतदाता सचेत र जागरुग रहेको बताए । उनले फेरि पनि किन प्रकाशमान ? भन्ने बुँदा राख्दै आफ्नो चुनावी प्रतिबद्धता पनि जनाएका छन् । यस्तो छ उनको चुनावी प्रतिवद्धता पत्रको एउटा अंशः

किन फेरि प्रकाशमान ? 

मैले एमालेको लालकिल्लालाइ कांग्रेसको किल्ला बनाएको हो । ०६४ पछि ह्याट्रिक गरिसकेको छु। मैले जनताको म्यान्डेटलाई इमानदारपूर्वक गरेको छु। विकासका काममा पनि मैले सक्जनेजति गिररहेकै छु। यसैले यहाँका जनताले मलाई विश्वास गरिरहेका छन्। जसले यस क्षेत्रमा मेरो सामिप्यता बढ्दै गएको विगतको निर्वाचनले देखाएको छ। संविधान बनाउने देखि बनाउने र कार्यान्वयनमा जनताले मलाई म्यान्डेट दिएका छन्। संविधान कार्यान्वयन गर्ने मिसनका लागि फ्रेस म्यान्डेटसहित कांग्रेस नेतृत्वको सरकार गठबन्धनकै तर्फबाट मेरो उम्मेदवारी हो । संविधानको भावना र मर्मअनुसार कतिपय कानुन निर्माण गरेर प्रदेश तहलाई अधिकार दिएर सिंहदरबारको काम वडा वडासम्म पुर्याउने नारालाई सार्थकता दिनेछौँ।

काठमाडौ १ मा हामी निर्वाचित भएपछि नेपालको शिक्षा नीति परिवर्तन गरेर शिक्षा सँगसँगै प्रविधिबारे तालिम दिएर उच्च शिक्षा सँगसँगै रोजगार बन्ने अबस्था बनाउनेछन्। हामी काठमाडौका सामुदायिक विधालयको गुणस्तर  निजी विधालय बराबर बनाउने प्रयत्न गर्नेछौ। स्वास्थमा अस्पताल नै जान नपर्ने गरेर महानगरसँग मिलेर हरेक वडा कार्यालयमा ल्याव र डाक्टर सहितको क्लिनिक राख्नेछौँ तर, त्यसका लागि हामीलाई म्यान्डेट दिनुपर्यो।

बेरोजगारलाई रोजगार बनाउन धेरै आयाम हेर्नुपर्छ, यसका लागि आवश्यक अर्थसँग सम्बन्धित कानुन संसोधन गर्न पहल गर्नेछौ। छाता ऐनहरु बनाउन र खानेपानी समस्या समाधान गर्न मेलम्चीको विकल्प आवश्यक छ। त्यसका लागि गोकर्णेश्वर ड्याम तयार भएको छ।यसबाहेक नागमति ड्याम बनाउने योजना अघि बढेको छ, यसलाई पूरा गर्नेछौ। यश क्षेत्रमा राष्ट्रिय राजनीति विचारले चल्ने हो ।केन्द्रको प्रभाव र क्षेत्रमा विकासको नारासाथ हामी मैदानमा छौँ हामीलाई म्यान्डेट दिनुहोस् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको