Like us!
Follow us!
Connect us!
Watch us!

भ्रष्टाचार निर्मूल पार्नु मेराे पहिलाे दायित्व : प्रकाशमान सिंह

अर्थ संसार

आइतबार, ०६ कार्तिक २०७९, ११ : ३४ मा प्रकाशित

भ्रष्टाचार निर्मूल पार्नु मेराे पहिलाे दायित्व : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भ्रष्टाचार निर्मूल  गर्नुपर्ने नागरिकको चाहना पूरा गर्ने आफ्नो पहिलाे दाहित्व भएकाे बताएका छन् । 

काठमाडाैँ आइतबार आयाेजित चुनावी कार्यक्रममा बाेल्दै नेता सिंहले व्याप्त भ्रष्टाचार निर्मूल गर्ने र सुशासन कायम गर्दै देश निर्माण आफ्नाे पहिलाे दायित्व रहेकाे बताए । 

'प्रशासनिक प्रक्रियामा झन्झटिलाे छ । समयमा केही काम नहुने, जहाँ सुकै भनसुन चाहिने यस्तो अवस्थाकाे अन्त्य गर्नु मेराे पहिलाे प्राथमिकता हाे,' उनले भने । 

राजनीति अस्थिरताका कारण मुलुककाे समस्याको जहाँकाे त्यहीँ रहेकाले राजनीति स्थायित्वले मात्र सुशासन र विकास निर्माणकाे प्रक्रियामा अगाडि बढ्ने भन्दै नेता सिंहले  काठमाडौंमा देखिएकाे  खानेपानी, फाेहाेर व्यवस्थापन ट्राफिक जामलगायता न्युनतम आधारभूत समस्याको समाधानका लागि काम गर्ने याेजनासहित आफू फेरि जनतामाझ आएकाे बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको