Like us!
Follow us!
Connect us!
Watch us!

आकर्षक लाभांश ईतिहास बोकेको नबिल बैंकको लाभांश क्षमता कति ?

अर्थ संसार

बुधबार, ०२ कार्तिक २०७९, ०७ : १६ मा प्रकाशित

आकर्षक लाभांश ईतिहास बोकेको नबिल बैंकको लाभांश क्षमता कति ?

विभिन्न ४ वटा वाणिज्य बैंकहरुले लाभांश घोषणा गरिसकेका छन् । ४ बैंकहरुले गत आर्थिक बर्षको मुनाफाबाट लाभांश घोषणा गर्दा आकर्षक लाभांश ईतिहास बोकेको नबिल बैंकले कति लाभांश देला भन्ने बिषय आम लगानीकर्ताहरुको चासोको बिषय बनेको छ ।

गत आर्थिक बर्षमा नेपाल बंगलादेश बैंकलाई अक्वायर गरे पछि नबिलको वितरणयोग्य मुनाफा आकर्षक देखिन्छ । गत आर्थिक बर्षको असार मसान्तसम्म आईपुग्दा नबिलले वितरणयोग्य नाफा ११९.९६५ ले बृद्धि गरेर ९ अर्ब १२ करोड रुपैयाँ पुर्याएको छ । नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेको नबिलले रिर्जभबाटै ५ अर्ब ७४ करोड रुपैयाँ (विजनेश कम्वाइन) प्राप्त हुँदा वितरण योग्य नाफा ९ अर्ब नाघेको हो ।

मर्जर पछि २२ अर्ब ८३ करोड रुपैयाँ चुक्ता पूँजी पुगेको बैंकले गत आर्थिक बर्षको वितरणयोग्य मुनाफाबाट ३९.९४ प्रतिशतसम्म लाभांश वितरण गर्ने देखिन्छ । समिक्षा अवधिसम्म बैंकको खुद व्याज आम्दानी १६.७९ प्रतिशतले बढेर ९ अर्ब ४३ करोड १९ लाख रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकको खुद व्याज आम्दानी ८ अर्ब ७ करोड ५८ लाख रूपैयाँ रहेको थियो ।

बैंककाे सेयरमा दश वर्ष अगाडि १०० कित्तामा लगानी गर्ने लगानीकर्ताको सेयर बैंकले विभिन्न आर्थिक वर्षहरूमा वितरण गरेकाे बाेनसबाट अहिले बढेर ६ सय ६२ कित्ता पुगेको छ । नगद लाभांशबाट पनि बैंकका लगानीकर्ताहरूले राम्रै आम्दानी गरिसकेका छन् । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ३३.६ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ४.४ प्रतिशत नगद गरी कुल ३८ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे । याे लाभांश बैंकहरूमध्येकाे हालसम्मकै उच्च लाभांश हाे ।

बैंककाे १० वटा आर्थिक वर्षकाे लाभांश इतिहास नियाल्दा बैंकले सबैभन्दा धेरै आर्थिक वर्ष २०६९/७० र आर्थिक वर्ष २०७०/७१  मा बराबरी ६५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे भने सबैभन्दा थाेरै आर्थिक वर्ष २०६७/६८ मा ३० प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

नबिल बैंक लिमिटेडको १० वर्षको लाभांश इतिहास यस प्रकारकाे छ :

१. आर्थिक वर्ष २०६७/६८ : आर्थिक वर्ष २०६७/६८ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३० नगद लाभांश वितरण गरेकाे थियाे । यस वर्ष बाेनस वितरण गरेकाे थिएन ।

२. आर्थिक वर्ष २०६८/६९ : आर्थिक वर्ष २०६८/६९ मा बैंकले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत बाेनस र ४० प्रतिशत नगद गरि कूल ६० प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

३. आर्थिक वर्ष २०६९/७० : आर्थिक वर्ष २०६९/७० मा बैंकले आफ्ना सेयरधनीहरूलाई २५ प्रतिशत बाेनस र ४० प्रतिशत नगद गरि कूल ६५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

४. आर्थिक वर्ष २०७०/७१ : आर्थिक वर्ष २०७०/७१ मा बैंकले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत बाेनस र ४५ प्रतिशत नगद गरि कूल ६५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

५. आर्थिक वर्ष २०७१/७२ : आर्थिक वर्ष २०७१/७२ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३० प्रतिशत बाेनस र ६.८४२ प्रतिशत नगद गरि कूल ३६.८४२ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

६. आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३० प्रतिशत बाेनस र १५ प्रतिशत नगद गरि कूल ४५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

७. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३० प्रतिशत बाेनस र १८ प्रतिशत नगद गरि कूल ४८ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

८. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १२ प्रतिशत बाेनस र २२ प्रतिशत नगद गरि कूल ३४ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

९. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १२ प्रतिशत बाेनस र २२ प्रतिशत नगद गरि कूल ३४ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

१०. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३३.५ प्रतिशत बाेनस र १.७६ प्रतिशत नगद गरि कूल ३५.२६ प्रतिशत लाभांश वितरण गरेकाे छ ।

११. आर्थिक वर्ष २०७७/७८ : आर्थिक वर्ष २०७६/७७ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३३.६ प्रतिशत बाेनस र ४.४ प्रतिशत नगद गरि कूल ३८ प्रतिशत लाभांश वितरण गरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको