Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, ८.७७ प्रतिशत पुग्यो कर्जाको बेस रेट

अर्थ संसार

सोमबार, ३१ असोज २०७९, ०७ : १२ मा प्रकाशित

नबिल बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, ८.७७ प्रतिशत पुग्यो कर्जाको बेस रेट

नबिल बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भोलि कार्तिक १ गते, मंगलबारबाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।

बैंकले कार्तिक महिनाका लागि असोज महिनामा कायम ब्याजदरलाई नै निरन्तरता दिएको छ । 

बैंकले प्रकाशन गरेको नयाँ व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ७.१३३ प्रतिशतदेखि अधिकतम १०.१३३ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम १०.१३३ प्रतिशत देखि अधिकतम १३.१३३ प्रतिशतसम्म तोकिएको छ । बैंकले रेमिट्यान्स बचत खातामा १०.१३३ प्रतिशत र रेमिट्यान्स मुद्दती खातामा १३.१३३ प्रतिशत व्याज प्रदान गर्ने छ । 

त्यस्तै, प्रकाशित भएको नयाँ ब्याजदर अनुसार बैंकको आधार दर ८.७७ प्रतिशत रहेको छ । 

बैंकले प्रकाशन गरेको नयाँ ब्याजदर यस प्रकारको छः

634cafb61e9cf.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको