Like us!
Follow us!
Connect us!
Watch us!

पहिलो त्रैमासको पहिलो विवरणः आरएसडिसी लघुवित्तको नाफामा १०१ प्रतिशतको उछाल, पिई रेसियो २५

अर्थ संसार

विहीबार, ०३ कार्तिक २०७९, ०६ : ५० मा प्रकाशित

पहिलो त्रैमासको पहिलो विवरणः आरएसडिसी लघुवित्तको नाफामा १०१ प्रतिशतको उछाल, पिई रेसियो २५

आरएसडिसी लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार गत आर्थिक बर्षको अन्तिमसम्ममा संस्थाको मुनाफामा बृद्धि भएको देखिन्छ । 

उक्त विवरण अनुसार  समिक्षा अवधिसम्म आइपुग्दा संस्थाले ३ करोड ८२ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा १०१ प्रतिशतले बढि हो । गत वर्षको यही अवधिमा संस्थाले १ करोड ८९ लाख २८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि ११२ प्रतिशतले बढेर ५ करोड ४६ लाख १६ हजार रुपैयाँ पुगेको छ ।  गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा २ करोड ५६ लाख रूपैयाँ रहेको थियो । त्यसैगरी,  पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि ११९ प्रतिशतले बढेर ७ करोड ६५ लाख रपैयाँ पुगेको छ । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी ८० करोड ५१ लाख रुपैयाँ र जगेडा कोषमा ९ करोड ७४ लाख रुपैयाँ रहेको छ । 

समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) १८ रुपैयाँ ९९ पैसा र प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ९६ पैसा रहेको छ भने समिक्षा अवधिमा संस्थाको मूल्य आम्दानी रेसिया (पिई रेसियो) २५.५९ गुणा रहेको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण यस्तो छः

63509f6c59b17.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको