Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारित गर्न एनसेलले डाक्यो वार्षिक साधारण सभा

अर्थ संसार

विहीबार, ०३ कार्तिक २०७९, ०७ : ५८ मा प्रकाशित

लाभांश पारित गर्न एनसेलले डाक्यो वार्षिक साधारण सभा

एनसेल आजियाटा लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार तेस्रो वार्षिक साधारण सभा कार्तिक २५ गते एनसेल आईकन भवन, लैनचौर काठमाडौँमा दिउँसो १२ बजेदेखि सुरू हुनेछ ।

सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

यसैगरी, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ । 

कम्पनीले प्रकाशन गरेको सूचनाः

6350af7af40b5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको