Like us!
Follow us!
Connect us!
Watch us!

पश्चिमीसँगै स्थानीय वायुको प्रभाव, वर्षाको सम्भावना कति ?

अर्थ संसार

शुक्रबार, ०४ कार्तिक २०७९, ०६ : ३३ मा प्रकाशित

पश्चिमीसँगै स्थानीय वायुको प्रभाव, वर्षाको सम्भावना कति ?

नेपालमा पश्चिमी वायुसँगै स्थानीय वायुको सामान्य प्रभाव परेको छ । जसकारण मुलुकका पहाडी भेगमा बदली हुने गरेको छ । केही क्षेत्रमा हल्का वर्षा पनि भइरहेको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । तर, गण्डकी र  लुम्बिनीका थोरै स्थान र बाँकी पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 

महाशाखाका अनुसार राति पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 

शनिबार कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको