Like us!
Follow us!
Connect us!
Watch us!

लगानीको अवसर : नबिल इन्भेष्टमेन्टले कार्तिक २३ गतेदेखि खुल्लामुखी फण्ड बजारमा ल्याउँदै

अर्थ संसार

शुक्रबार, ०४ कार्तिक २०७९, १० : ३३ मा प्रकाशित

लगानीको अवसर : नबिल इन्भेष्टमेन्टले कार्तिक २३ गतेदेखि खुल्लामुखी फण्ड बजारमा ल्याउँदै

नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले कार्तिक २३ गते, बुधबारदेखि ‘नबिल फ्लेक्सी क्याप फण्ड’ नामक म्युचुअल फण्ड निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । याे खुल्लामुखी योजना हो । 

क्यापिटलले नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ७० करोड रुपैयाँ बराबरको ७ करोड इकाईहरु निष्कासन गर्न लागेको हो । जसमध्ये १४ प्रतिशत इकाई कोष प्रवद्धक नबिल बैंकले बिज पुँजीको रुपमा लगानी गर्नेछ । एक प्रतिशत याेजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडका लागि छुट्याइएकाे छ । त्यसपछी बाँकी रहेको ६ करोड ३७ लाख इकाईमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि ५ करोड इकाई बिक्री गरिनेछ । 

कति दिने आवेदन ?

लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ७५ लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । 

कहिलेसम्म दिने आवेदन ?

कार्तिक २३ गते, बुधबारदेखि निष्कासन हुने याे फण्डमा लगानीकर्ताले छिटोमा कार्तिक २७ गतेसम्म र ढिलोमा मंसिर ७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

काे हाे बिक्री प्रबन्धक ?

यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

म्युचुअल फण्डबारे अन्य जानकारी यस प्रकारकाे छ :

635226d069ad5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको