Like us!
Follow us!
Connect us!
Watch us!

सन्दीप लामिछानेलाई थप २ दिन हिरासतमा राख्न अनुमति

अर्थ संसार

आइतबार, ०६ कार्तिक २०७९, १२ : ०७ मा प्रकाशित

सन्दीप लामिछानेलाई थप २ दिन हिरासतमा राख्न अनुमति

बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई थप २ दिन न्यायिक हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।

प्रहरी वृत्त गौशालाले अनुसन्धान नसकिएको भन्दै उनलाई थप हिरासतमा राख्न आइतबार अदालतसँग अनुमति मागेको थियो। साेही अनुसार थप २ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति प्राप्त भएको छ ।

गत असोज २० गतेदेखि महानगरी प्रहरी वृत्त गौशालामा रहेका उनलाई अदालतले चाैथाे पटक म्याद थप गरेको हो ।  

एक नाबालिकालाई बलात्कार गरेको आरोपमा सन्दीपविरुद्ध गत २१ भदौमा प्रहरी वृत्त गौशालामा उजुरी परेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको