Like us!
Follow us!
Connect us!
Watch us!

पुष्प व्यवसायबाटै मासिक दुई लाख

अर्थ संसार

विहीबार, १० कार्तिक २०७९, ०८ : ३१ मा प्रकाशित

पुष्प व्यवसायबाटै मासिक दुई लाख

२०७१ सालमा पुष्प व्यवसायमा प्रवेश गरेकी हुमा गुरुङ ४० वर्षकी भइन् । बेसीशहर नगरपालिका २ गैरीस्थित सिप विकास प्रतिष्ठान गैरीक्याम्पसको प्रवर्द्धन शाखा प्रमुखको जागिर छोडेर फूल खेतीमा लागेकी हुन् । उनले मासिक २५ हजारको जागिर छाडेकी हुन् । अहिले गुरुङले पुष्प व्यवसायबाटै मासिक दुई लाख कमाउने बताउँछिन् । 

नर्सरीबाट बाह्रमासे दुई सय भन्दा बढी प्रजातिका फूलका बिरुवा र विभिन्न प्रजातिका बिरुवा बिक्री भएको छ ।

बेसीशहर नगरपालिका २ बोहोराबेसीमा पुष्प व्यवसाय गरेकी हुमा गुरुङलाई घाम उदाएदेखि अस्ताएसम्म फूलबारीमा काम गर्न भ्याइनभ्याई छ । ‘फूलको हेरचाहमै दिन बित्छ, बिहान उठेदेखि नै फूलमा पानी हाल्यो, गोडमेल गर्‍यो समय बितेको पत्तै हुँदैन । हुमा ५ वर्षदेखि पुष्प नर्सरी ब्यवसायमा रमाएकी छिन् ।

जिल्लामा एक मात्र पुष्प व्यवसाय सुरु गरेकी हुमाले जिल्लाको पुष्प व्यवसायलाई सम्भावनाको पेसाको रूपमा चिनाएकी छन् । गुरुङले बेसीशहर–२ बोहोराबेसीमा ६ रोपनी जमिनमा मौसमी तथा सदाबहार पुष्प नर्सरी व्यवसाय गरेकी हुन् । गुरुङले एक रोपनी जग्गामा सयपत्री जातको फूलको खेती गरेकी छन् । ५ रोपनी जग्गामा विभिन्न जातका फुल र विभिन्न जातका बिरुवाहरू रोपेकी छन् । 

५० लाख लगानीमा व्यावसायिक फूलखेती

फूलका बिरुवा खरिद तथा संरचना निर्माणका लागि झण्डै ५० लाख रुपैयाँ खर्च भइसकेको हुमाले बताइन् । उनले भनिन्, ‘ऋणधन गरेर लगानी गरे पनि जिल्लामै पहिलो नर्सरी भएकाले राम्रो कारोबार भएकोमा सन्तुष्ट मिलेको छ । मैले अपेक्षा गरेको भन्दा निकै राम्रो व्यापार भएको छ ।' फूलको बिरुवा व्यवसायमा हुमाले दुई जनालाई रोजगारसमेत दिएकी छन् । 

६ लाख सयपत्रीको बिरुवा बिक्री

तीन महिनामा नै फुल्ने सयपत्रीका बिरुवा बिक्रीबाट हुमाले यसवर्ष ६ लाख रुपैयाँ आम्दानी गरेकी छन् । फूलको बिउ भने थाइल्यान्डबाट ल्याएको उनले बताइन् । ‘पहिले थोरै काम चलाउन बारीको कान्लातिर मात्र रोप्ने गरेको थिएँ, उनले भनिन्, ‘तीन वर्षबाट व्यावसायिक रूपमै खेती सुरु गरेको हुँ ।’ उनले फूलखेतीका लागि ठूलो मेहनत पनि आवश्यक नरहेको बताइन् । 

नर्सरीबाट तिहारका लागि एक लाख बढीको फूल बिक्री गर्ने बताइन् । हुमाले एक रोपनी जग्गा भाडामा लिएर सयपत्री खेती गरेकी छन् । 

फूलले बजार पाउँदा हर्षित

आफ्नो नर्सरीमा उत्पादन भएको फुलले बजार पाउँदा उनी निकै खुसी छिन् । फूल राम्रो देखेर जिल्लामा आयोजना हुने जुनसुकै कार्यक्रममा पनि फूलका लागि निरन्तर फोन आउने उनी बत्ताउँछिन् । ‘यसरी आएको फोन र फूलले बजार पाउँदा पुष्पव्यावसायमा अझ उत्साहित बनाएको छ । ’

सार्वजनिक कार्यक्रममा खादा भन्दा मालाको माग बढ्दो छ’ हुमाले भनिन्, ‘उत्पादनले बजार नपाउने चिन्ता छैन, मागअनुसार पुर्‍याउनै सकेको छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको