Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ व्यस्थित लगानी योजनाको ७० वटा कम्पनीको सेयरमा लगानी, सबैभन्दा धेरै नबिल बैंकमा

अर्थ संसार

शुक्रबार, ११ कार्तिक २०७९, ०८ : १९ मा प्रकाशित

सिद्धार्थ व्यस्थित लगानी योजनाको ७० वटा कम्पनीको सेयरमा लगानी, सबैभन्दा धेरै नबिल बैंकमा

सिद्धार्थ म्युचुअल फन्ड अन्तर्गत सञ्चालित सिद्धार्थ व्यस्थित लगानी योजनाले २०७९  साल आश्विन महिना मसान्तको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। आश्विन मसान्तसम्ममा आइपुग्दा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) ७ रुपैयाँ ७८ पैसामा सीमित भएको छ । उक्त मूल्य भाद्र मसान्तकाे तुलनामा १६ पैसाले घटेकाे हाे । भाद्र मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य ७ रुपैयाँ ९४ पैसा रहेकाे थियो ।

यस खुलामुखी फण्डको लगानी 
सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी - १२ करोड ७४ लाख (भाद्र मसान्तमा १३ करोड ६ लाख लगानी रहेको )
बैंकको मुद्दती निक्षेपम- ३ करोड (भाद्र मसान्तमा ३ करोड लगानी रहेको )
ऋणपत्र/बण्ड - ५३ लाख १ हजार (भाद्रमा मसान्तमा ५३ लाख एक हजार )
सार्वजनिक निस्कासन/हकप्रद सेयर/बोनस सेयर - १९ लाख ७८ हजार (भान्द्रमा २८ लाख ८२ हजार रहेको )

सिद्धार्थ व्यस्थित लगानी योजनाले विभिन्न प्रकारका ७० वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै नबिल बैंक लिमिटेड सेयरमा लगानी गरेको छ । योजना नबिलको ८६०७ कित्ता सेयरमा ६८ लाख ३३ हजार लगानी गरेको देखिन्छ। 

यस अवधिसम्म योजनाकाे बैंक मौज्दात ४  करोड ५०  लाख ९५  हजार रुपैयाँ पुगेकाे छ ।भाद्र मसान्तसम्मकाे तुलनामा बढेकाे हाे । भाद्र मसान्तसम्ममा फण्डकाे बैंक मौज्दातमा ३  करोड ५३ लाख ६२ हजार रूपैयाँ रहेकाे थियाे ।

योजनाले प्रकाशन गरेकाे आश्विन मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

635b45cdef44e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको