Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ विकास बैंकको नाफा खुम्चियो, ईपीएस २० माथी राख्न भने सफल

अर्थ संसार

आइतबार, १३ कार्तिक २०७९, ११ : ४३ मा प्रकाशित

मुक्तिनाथ विकास बैंकको नाफा खुम्चियो, ईपीएस २० माथी राख्न भने सफल

मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरिसकेको छ । बैंकले सार्वजनिक गरेकाे वित्तीय विवरण अनुसार बैंककाे खुद नाफासँगै ईपीएस पनि घटेकाे छ । बैंककाे वितरणयाेग्य मुनाफा र सञ्चालन मुनाफा पनि घटेकाे नै देखिन्छ ।

खुद नाफा 

बैंकले सार्वजनिक गरेकाे वित्तीय विवरण अनुसार पहिलो त्रैमासमा बैंककाे नाफा घटेर ३० करोड ७४ लाख १५ हजार रुपैयाँमा सीमित भएको छ । उक्त नाफा रकम गत वर्षकाे तुलनामा ११.०५ प्रतिशतले घटेकाे हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले ३४ करोड ५५ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंककाे वित्तीय विवरण नियाल्दा बैंककाे इम्पेरिमेन्ट चार्ज बढेकाे र यता सञ्चालन मुनाफा भने घटेका कारण खुद नाफा पनि घट्न पुगेकाे देखिन्छ । 

खुद ब्याज आम्दानी

चालु आर्थिक वर्षकाे पहिलाे त्रैमाससम्म बैंकले १ अर्ब २ करोड ३९ लाख ४५ हजार रूपैयाँ बराबरकाे खूद ब्याज आम्दानी गरेकाे छ । उक्त आम्दानी अघिल्लाे वर्षकाे तुलनामा २२.२४ प्रतिशतले बढेकाे हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले ८३ कराेड ७६ लाख ८२ हजार रूपैयाँ खूद ब्याज आम्दानी गरेकाे थियाे ।

सञ्चालन मुनाफा

बैंककाे नाफासँगै सञ्चालन मुनाफा पनि प्रभावित बनेकाे छ । बैंककाे सञ्चालन मुनाफा पनि ११.०५ प्रतिशतले नै घटेर ४३ कराेड ९१ लाख ६४ हजार रूपैयाँमा झरेकाे छ । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले ४९ कराेड ३६ लाख ९६ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेकाे थियाे । 

वितरणयोग्य मुनाफा

समीक्षा अवधिमा बैंककाे वितरणयोग्य मुनाफा पनि १४.८० प्रतिशतले घटेकाे छ । गत वर्ष ९५ कराेड ६३ लाख ९ हजार रूपैयाँ रहेकाे बैंककाे वितरणयाेग्य मुनाफा याे वर्ष घटेर ८१ कराेड ४७ लाख ६६ हजार रूपैयाँमा सिमित भएकाे छ । 

खराब कर्जाको अनुपात (एनपीएल)

बैंकको खराब कर्जा भने बढेको छ । गत वर्षको यसै अवधिमा ०.२३ प्रतिशत रहेको खराब कर्जाको अनुपात अहिले ०.५४ प्रतिशतले बढेर ०.७७  प्रतिशत पुगेको छ । 

प्रतिसेयर आम्दानी (ईपीएस)

बैंकको प्रतिसेयर आम्दानी ईपीएस २ रूपैयाँ ७० पैसाले घटेकाे छ । गत आर्थिक वर्षकाे यसै अवधिमा २४ रूपैयाँ ४४ पैसा रहेकाे बैंककाे प्रतिसेयर आम्दानी ईपीएस चालु आर्थिक वर्षकाे पहिलाे त्रैमाससम्म आइपुग्दा घटेर २१ रूपैयाँ ७४ पैसामा सिमित भएकाे छ । 

इम्पेरिमेन्ट चार्ज

बैंककाे वित्तीय विवरण हेर्दा इम्पेरिमेन्ट चार्ज ४३.०२ प्रतिशतले बढेकाे देखिन्छ । गत आर्थिक वर्षकाे यसै अवधिमा १७ करोड ४८ लाख रुपैयाँ रहेको बैंककाे इम्पेरिमेन्ट चार्ज चालु आर्थिक वर्षकाे पहिलाे त्रैमाससम्म आइपुग्दा बढेर २५ करोड १ लाख  रुपैयाँ पुगेको छ । 

चुक्ता पूँजी

बैंककाे चुक्ता पूँजी भने गत वर्षकाे नै यथावत छ । यस वर्षकाे पहिलाे त्रैमाससम्म पनि बैंककाे चुक्ता पूँजी ५ अर्ब ६५ कराेड ७१ लाख ८० हजार रूपैयाँ नै स्थिर रहेकाे छ । 

जगेडा काेष

बैंककाे जगेडा काेषमा १ अर्ब ९५ कराेड ७ लाख ६० हजार रूपैयाँ सञ्चित रहेकाे छ । उक्त रकम अघिल्लाे वर्षकाे तुलनामा २०.२६ प्रतिशतले बढेकाे हाे । गत वर्षकाे यसै अवधिमा बैंककाे जगेडा काेषमा १ अर्ब ६२ कराेड २१ लाख ६१ हजार रूपैयाँ सञ्चित रहेकाे थियाे । 

प्रतिसेयर नेटवर्थ 

समिक्षा अवधिमा बैंककाे प्रतिसेयर नेटवर्थ एक सय ४८ रूपैयाँ ५८ पैसा रहेकाे छ । बैंककाे नेटवर्थ ४४ पैसाले बढेकाे हाे । गत वर्षकाे यसै अवधिमा बैंककाे प्रतिसेयर नेटवर्थ एक सय ४८ रूपैयाँ ५८ पैसा रहेकाे थियाे । 

मूल्य आम्दानी अनुपात (पीई रेसियो)

बैंकले सार्वजनिक गरेकाे वित्तीय विवरण अनुसार बैंककाे मूल्य आम्दानी अनुपात (पीई रेसियो) १८.७२ गुणा रहेकाे छ । 

बैंककाे वित्तीय विवरणको विश्लेषण : किन घट्याे नाफा ?

नेपालमा सञ्चालित ८ वटा विकास बैंकहरुमध्ये प्राय जसाे सँधै लीड गरिरहने मुक्तिनाथ विकास बैंककाे नाफा चालु आर्थिक वर्षकाे पहिलाे त्रैमासमा केही प्रभावित भएकाे देखिन्छ । बैंककाे नाफा घट्नुकाे मुख्य कारण हाे इम्पेरिमेन्ट चार्ज बढ्नु अनि सञ्चालन मुनाफा घट्नु । 

मुक्तिनाथ विकास बैंककाे पीई रेसियो हेर्दा बैंकमा गरिने लगानी सुरक्षित रहन्छ । बैंकले हरेक वर्ष दिने रिटर्न हेर्दा पनि बैंकमा दीर्घकालिन लगानी गर्नु राम्राे देखिन्छ । बैंकले लाभांश इतिहास नियाल्दा हालसम्म बैंकले बढीमा ५० प्रतिशतसम्म (आर्थिक वर्ष २०६८/६९ मा २२.५ प्रतिशत बाेनस र २७.५ प्रतिशत नगद) र थाेरैमा १५.५१ प्रतिशत (आर्थिक वर्ष २०७६/७६ मा११.२५ प्रतिशत बाेनस र ४.२६ प्रतिशत नगद) लाभांश वितरण गरेकाे छ ।

यस्तै, हामीले कुनै पनि कम्पनीकाे कम्पनीको परफरमेन्स हेर्न त्यस कम्पनीकाे व्यवस्थापन पक्षलाई हेर्नुपर्छ । बैंककाे व्यवस्थापन पक्ष एकदमै सबल रहेका बैंकका सीईओ प्रद्युमन पोखरेल दाबी गर्दछन् । बैंककाे आन्तरिक नियन्त्रण प्रणाली राम्रो रहेकाे उनी बताउँछन् । सीईओ पोखरेलले पनि आफ्नो ३० वर्षभन्दा लामो बैंकिङ्ग करियरमा एक दर्जन बैंक र विकास बैंकमा उच्च पदमा रही कार्य सम्पादन गरिसकेका छन् । 

बैंकले सार्वजनिक गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ : 

बंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रद्युमन पोखरेलसँग गरिएकाे भिडियाे कुराकानी पनि हेर्नुहाेस् :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको