लक्ष्मी म्युचुअल फन्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नती कोषले २०७९ साल आश्विन महिना मसान्तको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। आश्विन मसान्तसम्ममा आइपुग्दा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) ९ रुपैयाँ ६७ पैसामा सीमित भएको छ । उक्त मूल्य भाद्र मसान्तकाे तुलनामा ०.२१ पैसाले घटेकाे हाे । भाद्र मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य ९ रुपैयाँ ८८ पैसा रहेकाे थियो ।
यस फण्डको लगानी
सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी - ३१ करोड ५४ लाख (भाद्र मसान्तमा ३३ करोड २ लाख लगानी रहेको )
डिभेन्चर - ६ करोड १८ लाख (भाद्रमा पनि समान )
सार्वजनिक निस्कासन/हकप्रद सेयर/बोनस सेयर - २ करोड ५ लाख (भाद्रमा २ करोड ११ लाख )
फिक्स डिपोजिट- ७ करोड (भाद्रमा पनि ७ करोड )
लक्ष्मी उन्नती कोषले विभिन्न प्रकारका ५४ वटा सूचीकृत धितोपत्रमा लगानी गरेको छ । सबैभन्दा धेरै नेशनल लाइफ इन्स्याेरेन्समा लगानी गरेको छ । फण्डले यस कम्पनीको ३३ ७१३ कित्ता १ करोड ८२ लाख ७२ हजार लगानी राखेको देखिन्छ।
यस अवधिसम्म योजनाकाे बैंक मौज्दातमा १६ करोड ३३ लाख ४३ हजार रुपैयाँ पुगेकाे छ ।भाद्र मसान्तसम्मकाे तुलनामा बढेको हाे । भाद्र मसान्तसम्ममा फण्डकाे बैंक मौज्दातमा १६ करोड १३ लाख १७ हजार रूपैयाँ रहेकाे थियाे ।
योजनाले प्रकाशन गरेकाे आश्विन मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस