Like us!
Follow us!
Connect us!
Watch us!

नाफामा नम्बर वान एनआईसी एशिया, कुन बैंकको अवस्था कस्तो ?

अर्थ संसार

आइतबार, १३ कार्तिक २०७९, १६ : ५० मा प्रकाशित

नाफामा नम्बर वान एनआईसी एशिया, कुन बैंकको अवस्था कस्तो ?

नेपालका सबै वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । जसअनुसार २६ वटा वाणिज्य बैंकमध्ये १४ वटा वाणिज्य बैंककाे नाफा बढ्दा बाँकी १२ वटा बैंककाे नाफा भने घटेकाे छ । 

समिक्षा अवधिमा वाणिज्य बैंकहरुले कुल १८ अर्ब ७५ करोड रुपैयाँ बराबरकाे खुद नाफा आर्जन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूले कूल १७ अर्ब ७० करोड रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । अघिल्लाे वर्षकाे तुलनामा वाणिज्य बैंकहरुको नाफा ५.९४ प्रतिशतले बढेको हाे । 

पहिलाे त्रैमासकाे वित्तीय विवरण नियाल्दा खुद मुनाफामा एनआईसी एशिया बैंक नम्बर वान बनेकाे छ । समिक्षा अवधिमा बैंकले १ अर्ब ७५ करोड ६७ लाख ७९ हजार रूपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ ।  बैंककाे नाफा अघिल्लाे वर्षकाे तुलनामा ४८.७९ प्रतिशतले बढेकाे हाे । 

यता सर्वाधिक नाफा कमाउने वाणिज्य बैंकहरूकाे दाेश्राे नम्बरमा नबिल बैंक लिमिटेड रहेकाे छ । बैंककाे नाफा १ अर्ब ५७ कराेड १५ लाख ३७ हजार रूपैयाँ पुगेकाे छ । बैंककाे नाफा गत आर्थिक वर्षकाे तुलनामा ४१.३० प्रतिशतले बढेकाे छ ।

यस्तै, बढी नाफा भएकाे तेश्राे स्थानमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड रहेकाे छ । बैंकले १ अर्ब २४ कराेड ६६ लाख ७८ हजार रूपैयाँ नाफा कमाएकाे छ । गत वर्षकाे तुलनामा बैंककाे नाफा १८.६६ प्रतिशतले बढेकाे हाे ।

६ वटा बैंककाे नाफा १ अर्ब भन्दा धेरै रहेकाे छ । १ अर्बभन्दा बढी नाफा हुने बैंकहरूमा एनआईसी एशिया बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र कुमारी बैंक रहेका छन् । 

त्यसैगरी, नाफा घट्ने बैंकहरूकाे बारेमा कुरा गर्नुपर्दा सनराइज बैंककाे नाफा सबैभन्दा थाेरै रहेकाे छ । बैंककाे नाफा १६ करोड ५८ लाख रुपैयाँमा सिमित रहेकाे छ । त्यसपश्चात सबैभन्दा कम मुनाफा हुने दाेश्राे र तेश्राेमा क्रमश : कृषि विकास बैंक र बैंक अफ काठमाण्डू लिमिटेड रहेका छन् । कृषि विकास बैंककाे नाफा २२ कराेड ९ लाख र  बैंक अफ काठमाण्डू लिमिटेडकाे नाफा २८ कराेड ६ लाख रूपैयाँमा सिमित छ । 

कुन बैंककाे अवस्था कस्ताे हेर्नुहाेस् ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको