Like us!
Follow us!
Connect us!
Watch us!

३ महिनामा ८ अर्बभन्दा बढीको मोबाइल फोन नेपाल भित्रियो

अर्थ संसार

आइतबार, १३ कार्तिक २०७९, १५ : ४९ मा प्रकाशित

३ महिनामा ८ अर्बभन्दा बढीको मोबाइल फोन नेपाल भित्रियो

पछिल्लो ३ महिनामा विभिन्न देशबाट नेपालमा ८ अर्ब रुपैयाँभन्दा बढीको मोबाइल फोन सेट भित्रिएको छ । 

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा उक्त रकम बराबरको मोबाइल फोन सेट नेपाल भित्रिएका हुन् । 

सो समयमा ८ अर्ब ५३ करोड रुपैयाँको मोबाइल फोन नेपालले आयात गरेको विभागले जनाएको छ । उक्त मूल्यमा ६ लाख १८ हजार ५२० थान मोबाइल सेट नेपाल भित्रिएको छ । 

नेपालमा सबैभन्दा बढी मोबाइल चीनबाट आउने गरेको छ । पछिल्लो तीन महिनामा चीनबाट मात्र नेपालमा ६ अर्ब १८ करोड रुपैयाँको मोबाइल सेट भित्रिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको