Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ वटा म्युचुअल फण्डकाे मूल्य समायाेजन

अर्थ संसार

मंगलबार, १५ कार्तिक २०७९, १० : ४६ मा प्रकाशित

नेप्सेमा २ वटा म्युचुअल फण्डकाे मूल्य समायाेजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ वटा म्युचुअल फण्डकाे मूल्य समायाेजन भएकाे छ । एनआईसी एशिया बैंक लिमिटेड काेष प्रवर्द्धक रहेकाे एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया ग्रोथ फण्ड, एनआईसी एशिया ब्यालेन्स फण्डकाे मूल्य समायाेजन भएकाे हाे । 

एनआईसी एशिया ग्रोथ फण्डकाे १३ प्रतिशत नगद लाभांशपछि नेप्सेले प्रतिइकाई ९ रूपैयाँ २५ पैसा हुने गरी मूल्य समायाेजन गरेकाे छ । नेप्सेले साेमबारकाे अन्तिम काराेबार मूल्य १० रूपैयाँ ५५ पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

त्यसैगरी, एनआईसी एशिया ब्यालेन्स फण्डकाे १३ प्रतिशत नगद लाभांशपछि नेप्सेले प्रतिइकाई ८ रूपैयाँ ७८ पैसा हुने गरी मूल्य समायाेजन गरेकाे छ । नेप्सेले साेमबारकाे अन्तिम काराेबार मूल्य १० रूपैयाँ ८ पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको