Like us!
Follow us!
Connect us!
Watch us!

लगानीको अवसर : सानिमा ग्रोथ फण्ड आजदेखि खुल्याे

अर्थ संसार

बुधबार, १६ कार्तिक २०७९, १० : ४८ मा प्रकाशित

लगानीको अवसर : सानिमा ग्रोथ फण्ड आजदेखि खुल्याे

सानिमा क्यापिटल लिमिटेडले आज कार्तिक १६ गते, बुधबारदेखि ‘सानिमा ग्रोथ फण्ड’ नामक म्युचुअल फण्ड निष्कासन तथा बिक्री खुल्ला गरेकाे छ । याे बन्दमुखी योजना हो । 

क्यापिटलले सानिमा ग्रोथ फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १२ करोड इकाईहरु निष्कासन गरेको हो । जसमध्ये १३ प्रतिशत अर्थात १ करोड ५६ लाख इकाई कोष प्रवद्धक सानिमा बैंकले  लगानी गर्नेछ । त्यसैगरी, २ प्रतिशत अर्थात् २४ लाख इकाई योजना व्यवस्थापक श्री सानिमा क्यापिटललाई र  त्यसपछी १ करोड ८० लाख इकाई बीज पूँजीलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणका लागि बिक्री गरिनेछ । 

कति दिने आवेदन ?

लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । 

कहिलेसम्म दिने आवेदन ?

याे फण्डमा लगानीकर्ताले छिटोमा कार्तिक २० गतेसम्म र ढिलोमा कार्तिक ३० भगतेसम्म आवेदन दिन सक्नेछन् । 

काे हाे बिक्री प्रबन्धक ?

यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ ।

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको