Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल लाईफ र अरुण काबेलीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

विहीबार, १७ कार्तिक २०७९, ०९ : १४ मा प्रकाशित

नेपाल लाईफ र अरुण काबेलीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेप्सेमा सुचिकृत २ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । नेपाल लाईफ इन्स्योरेन्स कम्पनी र अरुण काबेलीका आज सम्म कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्ने छन् । 

लाभांश र सभा प्रयोजनका लागि नेपाल लाईफ र अरुण काबेलीले भोली कार्तिक १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ त्यसैले आज कार्तिक १७ गतसम्म सेयर किन्ने सेयरधनीहरुले मात्र लाभांश र साधारणसभामा सहभागि हुन पाउनेछन् ।

नेपाल लाईफ इन्स्योरेन्सको २२ औँ वार्षिक साधारण सभा मंशिर ८ गते, होटल भिष्वा बिरगंजमा बिहान ९ बजेदेखि सुरू हुनेछ । सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १५.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ ।  

अरुण काबेली पावरले लाभांश पारित गर्न कार्तिक ३० गते बुधवारको लागि साधारण सभा डाकेको छ । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशतका दरले वोनश शेयर र ०.५२६३ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको