Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंक र होटल मुस्ताङ ताजबीच आकर्षक छुट गर्ने सम्झौता

अर्थ संसार

विहीबार, १७ कार्तिक २०७९, १३ : ३४ मा प्रकाशित

प्रभु बैंक र होटल मुस्ताङ ताजबीच आकर्षक छुट गर्ने सम्झौता

प्रभु बैंक लिमिटेड र मुस्ताङस्थित होटल मुस्ताङ ताज एण्ड थकाली किचेनकाबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट जोम्सोम क्षेत्र प्रमुख नरेन्द्र थकाली र होटल मुस्ताङ ताज एण्ड थकाली किचेनका तर्फबाट प्रोप्राइटर योगेश शेरचनद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंक र उक्त होटल बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरएका सम्पूर्ण ग्राहकहरुले होटल मुस्ताङ ताज एण्ड थकाली किचेनद्धारा सञ्चालित “फुड”,“वेभरेज” र “लजिङ्ग”  सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ । 

उक्त सम्झौता अन्तर्गत होटल मुस्ताङ ताज एण्ड थकाली किचेनमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, होटल मुस्ताङ ताज एण्ड थकाली किचेनका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको