Like us!
Follow us!
Connect us!
Watch us!

सनराइज क्यापिटलको साधारण सभा सम्पन्न, २५ प्रतिशत लाभांश पारित

अर्थ संसार

आइतबार, २० कार्तिक २०७९, ११ : ३५ मा प्रकाशित

सनराइज क्यापिटलको साधारण सभा सम्पन्न, २५ प्रतिशत लाभांश पारित

सनराईज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा सञ्चालित सनराईज क्यापिटल लिमिटेडले आफ्नो १२ औं वार्षिक साधारण सभा गत शुक्रबार अलफ्ट होटल ठमेल काठमाडौंमा सम्पन्न गरेको छ ।

वार्षिक साधारण सभामा प्रस्तुत भएका प्रस्तावहरुमा आ.व. २०७८/०७९  वार्षिक प्रतिवेदन, सोही अवधिको आषाढ मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र आ.व. २०७९/०८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिकको निर्धारणको प्रस्ताव सर्वसम्मतबाट पारित गरिएकाे छ ।

साथै, आ.व. २०७८/०७९ को मुनाफाबाट २५ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरिएकाे छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको