Like us!
Follow us!
Connect us!
Watch us!

सर्वोच्वको निर्वाचन आयाेगलाई आदेश-‘नो नट अगेनलाई कारबाही अघि नबढाउनू’

अर्थ संसार

आइतबार, २० कार्तिक २०७९, १७ : २० मा प्रकाशित

सर्वोच्वको निर्वाचन आयाेगलाई आदेश-‘नो नट अगेनलाई कारबाही अघि नबढाउनू’

नो नट अगेन फेसबुक पेज र ग्रुप सञ्चालन गर्नेहरुविरुद्ध कारबाही अघि नबढाउन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

उम्मेदवारहरुविरुद्ध अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगले नो नट अगेन अभियानको फेसबुक पेज र ग्रुप बन्द गर्न एक विज्ञप्ती मार्फत निर्देशन दिएको थियो ।

सामाजिक सञ्जालमा ‘नो नट अगेन’ पेज बन्द गराउन निर्वाचन आयोगले निर्देशन दिएपछि सो निर्णयको विरुद्धमा अधिवक्ता दिनेश त्रिपाठी र अनिल आचार्य सर्वोच्चमा रिट दायर गरेका थिए । यसअघि आयोगले त्यस किसिमका पेज बन्द गर्न निर्देशन दिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको