Like us!
Follow us!
Connect us!
Watch us!

पूर्वविशिष्टलाई दिएको सुविधा विवरण सर्वाेच्चद्वारा माग

अर्थ संसार

मंगलबार, २२ कार्तिक २०७९, ०७ : १७ मा प्रकाशित

पूर्वविशिष्टलाई दिएको सुविधा विवरण सर्वाेच्चद्वारा माग

सर्वोच्च अदालतले सार्वजनिक पदबाट अवकाशप्राप्त व्यक्तिलाई सङ्घ र प्रदेश सरकारले दिएको सुविधासम्बन्धी विवरण माग गरेको छ । उक्त सुविधा दिन लिइएका कानुनी आधारसमेत पेस गर्न अदालतले सङ्घीय सरकार र प्रदेश सरकारका नाममा आदेश गरेको हो ।

सर्वोच्चले यसअघि २०६८ सालमा सार्वजनिक पदमा रहेर अवकाश पाएका तथा पूर्वविशिष्टहरूलाई दिने सुविधा कानुन बनाउन जारी निर्देशनात्मक आदेश कार्यान्वयनबारे पनि प्रतिवेदन माग गरेको छ । न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले  प्रधानमन्त्री  तथा  मन्त्रिपरिषद्को  कार्यालय, गृह मन्त्रालय र प्रदेश सरकारबाट त्यस्ता विवरण र सुविधा दिनुको कानुनी आधार माग गरेको हो ।

सर्वोच्चले पूर्वविशिष्टलाई कानुन बनाएर सुविधा दिन यसअघि आदेश गरे पनि सरकारले कानुनविहीन रूपमा सुविधा दिइरहेको भन्दै अधिवक्ता रामचन्द्र पौडेलले दायर गर्नुभएको रिटमा अदालतले यस्तो आदेश गरेको हो । गोरखापत्र दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको