Like us!
Follow us!
Connect us!
Watch us!

ब्रोकर लाइसेन्स र स्टक एक्सचेञ्जको मुद्धा हेर्न नभ्याइनेमा

अर्थ संसार

मंगलबार, २२ कार्तिक २०७९, १३ : १२ मा प्रकाशित

ब्रोकर लाइसेन्स र स्टक एक्सचेञ्जको मुद्धा हेर्न नभ्याइनेमा

ब्राेकर लाइसेन्स, नयाँ स्टक एक्सचेञ्ज र कमोडिटी मार्केटकाे लाइसेन्स वितरणको कार्य रोक्न माग गरिएको रिट आजका लागि हेर्न नभ्याईने सूचीमा परेको छ । 

आज न्यायधीशद्वय डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलाशमा यस मुद्दाको पेशी तोकिएको थियो । न्यायधीशद्वय डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको अर्को पनि इजलाश तोकिएकोले आज यस मुद्दामा बहस गर्न नभ्याईने सर्वोच्च अदालतले जनाएको छ। अब अदालतले यो मुद्दाको सुनुवाईको लागि अर्को मिति तोक्नेछ ।

636a06e671251.JPG

सर्वोच्च अदालतले कार्तिक ४ गते, शुक्रबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलाशले कारण देखाउ आदेश जारी गर्दै लाइसेन्स वितरणको कार्य तत्काल अगाडी नबढाउन आदेश दिएको थियाे ।

अधिवक्ता दिपक विक्रम मिश्रले असोज ३१ गते धितोपत्र बोर्डले अगाडी बढाएको लाईसेन्स वितरण प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए  ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय , अर्थ मन्त्रालय , नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई विपक्षी बनाएका रिटमा सर्वाच्चले कारण देखाउ आदेश जारी गरेकाे थियाे ।

636a06e671251.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको