Like us!
Follow us!
Connect us!
Watch us!

ट्वीटर खरिद पछिको एलन मस्कको आर्थिक रणनिति

धिरज पौड्याल

मंगलबार, २२ कार्तिक २०७९, १६ : १४ मा प्रकाशित

ट्वीटर खरिद पछिको एलन मस्कको आर्थिक रणनिति

१० दिन अगाडी एलन मस्कले टि्वटर खरिद प्रक्रिया पूरा गरे। अक्टोबर २८ मा बिहान ९:३४ मा एक ट्वीट लेख्दै उनले चरा स्वतन्त्र भएको जनाए, टि्वटरको लोगो चरा अंक्तित छ।

मस्कले टि्वटर खरिद गरेको १० दिनमा धेरै परिवर्तनहरू ल्याए । ट्विटर खरिद प्रक्रियामा स्वतन्त्र गर्न खरिद गर्न खोजेको जनाइएका उनले टि्वटर खरिद पश्चात भने ट्विटरमा निरंकुशता देखाइरहेको भन्दै विश्वब्यापी रूपमा उनकाे आलोचना समेत भइरहेको छ । 

एलन मस्कले टि्वटर खरिद प्रक्रिया केही महिना अगाडिबाट अगाडी बढाएका थिए तर विभिन्न विषयमा टि्वटर माथि आरोप लगएपश्चात उनी एक चरणमा खरिद प्रक्रियाबाट पाछि हटेका थिए र टि्वटरले विरुद्ध कानूनी प्रक्रियामा अगाडि बढेको थियो। अदालतले एलन मस्कलाई निर्णय लिन अक्टोबर २८ काे समय दिएको थियो।

एलन मस्कले टि्वटर खरिद पश्चात सिईओ पराग अग्रवाल, प्रमुख वित्तीय अधिकृत, कानुनी प्रमुख लगायतका करिब ३७०० बढी कर्मचारीलाई पदमुक्त गरेका थिए। टि्वटर अकाउण्ट भेरीफिकेशन प्रणालि नयाँ प्रक्रियाबाट अगाडी बढाउने निर्णय लिए साथै प्रति भेरिफिकेशन ८ अमेरिकी डलर चार्ज गर्ने निर्णय लिए । एलन मस्कका विभिन्न निर्णय पश्चात टि्वटरमा प्रयोगकर्ता घट्ने आशंका गरिएको छ तर केही समय अगाडि एलन मस्कले ट्वीट गर्दै ट्विटरमा अहिलेसम्मकै सबैभन्दा बढी प्रयोगकर्ता एक्टिभ भएकै लेखेका छन्। 

एलन मस्कको व्यापारिक रणनिति अन्य व्यवसायी भन्दा फरक रूपमा बौद्धिक निर्णय लिने गर्दछन। बिज्ञापनमा आधारित आम्दानी गर्ने ट्विटरमा मस्कले भेरीफिकेशनको प्रति अकाउन्ट ८ डलर मूल्य लिने निर्णय गरे, जसको चर्को विरोध भईरहेको छ ।

आम्दानी विविधीकरण र विज्ञापनको अर्थतन्त्र 

टि्वटरको आम्दानी ८५% भन्दा बढी बिज्ञापनमा आधारित रहने गर्दथ्यो। सन २०२१ को रिपोर्टका अनुसार करिब ५ बिलियन अमरीकी डलर विज्ञापन बाट ट्विटरले आम्दानी गरेको थियो । ट्विटरमा करिब २४० मिलियन दैनिक प्रयोगकर्ताहरू रहेका छन, टि्वटरको आम्दानीको स्रोत डाटा र लाइसेन्स बाट पनि हुने गरेको छ । सन् २०२० को तुलनामा टि्वटरको ३५% ले आम्दानीमा वृद्धि भएको थियो । 

सन् २०२१ मा विज्ञापन बाट फेसबुकको मातृ कम्पनी मेटाले ३२.६३९ बिलियन अमेरिकी डलर आम्दानी गरेको थियो । त्यस्तै रोजगारी तथा व्यवसायिक सम्बन्धी छलफल हुने सामाजिक सञ्जाल लिङ्कडिनले २०२१ मा १०.३ बिलियन अमेरिकी डलर आम्दानी गरेको थियो । विज्ञापन मार्फत आम्दानी गर्ने स्रोत रहेको युट्युब पनि पछिल्लो समय विश्वका विभिन्न राष्ट्रहरूमा पैसा तिरेर प्रीमियम सेवाहरु दिने व्यवस्था गरेको छ । पछिल्लो समय सामाजिक सञ्जालहरु बिज्ञापनबाट हुने आम्दानीको एकरूपता बाट विविधीकरण भई अन्य आम्दानीका स्रोतहरुमा विकल्प खोज्न थालेका छन् । 

सन् २०२१ को अप्रिलमा आइफोन उत्पादन गर्ने कम्पनी एप्पलले जारी गरेको अपडेटमा विज्ञापन सम्बन्धी गोपनीयताको नीतिमा परिमार्जन गर्दै अपडेट पश्चात प्रयोगकर्ताको फोनमा पप अप ( जसरी फोनको चार्ज २०% भन्दा कम हुँदा फोन चार्ज गर्ने सुझाव दिइन्छ त्यस्तै किसिममा जानकारी माथि आउने ) सृजना गरी फोनमा प्रयोगकर्तालाई विज्ञापनको लागि सहमति जनाउने की नजनाउने भन्ने विकल्प दिएको थियो। जसका कारण उक्त निर्णयको प्रभाव विभिन्न सामाजिक सञ्जालको ब्यालेन्स सिटमा देखिएको थियो। 

यो अपडेट पश्चात अधिकांश आइफोन प्रयोगकर्ताहरूले यो उपडेटको फिचर प्रयोग गरे। प्रयोगकर्ताको डाटा आफूमा रहने उदेश्यले आइफोनको यो अपडेट सार्वजनिक गरे पश्चात सामाजिक सञ्जालहरूले वैकल्पिक आम्दानीको मार्ग सुरु गरेका थिए। आईफोनको यो अपडेटले सबैभन्दा बढी फेसबुकको मातृ कम्पनी प्रभावित भएको थियो। 

ट्विटरको आम्दानीको स्रोत ८५% विज्ञापन रही रहँदा आम्दानीका लागि विज्ञापन मा निहित रहँदा ट्विटरमा दीर्घकालीन रूपमा असर पर्ने देखिन्छ।  मस्कको अहिलेको निर्णय पछि भने ट्विटरबाट अडी, जनरल मोटर, Lamborghini, Bently, Porsche लगायतका कम्पनीहरु विज्ञापन बाट बाहिरिएको रिपोर्टहरुले जनाएका छन्।

तथ्याङ्क विश्लेषण कम्पनी मिडिया रेडरका अनुसार २०२२ मे मा ट्विटरमा ३९०० विज्ञापनदाता हरु रहेको थिए उक्त संख्या अगस्टमा २३०० मा आएको थियो त्यसपश्चात बढेर सेप्टेम्बरमा बिज्ञापन दाताको संख्या  २९०० पुगेको थियो। प्रतिष्ठित मीडिया द न्यू योर्क टाइम्सका अनुसार टि्वटरसँग एलन मस्कको नाम जोडिनु पहिला जुलाई सम्म प्रत्येक महिना १००० नयाँ विज्ञापन दाताहरु जोडिएका हुन्थे तर मस्क र ट्विटरबीचको विवाद पश्चात उक्त संख्या घटेर २०० मा आइपुगेको छ। एलन मस्कले भने अधिकारबादी हरुलाई आरोप लगाएको रिपोर्टमा उल्लेखित छ। 

ब्लु टिक टि्वटर भेरीफिकेशन पछाडीको अर्थतन्त्र 

विज्ञापनको आम्दानीको विकल्पमा टुइटरमा एलन मस्कले ट्विटर अकाउन्ट भेरीफिकेशनको योजना ल्याएका छन। सुरुवातमा प्रति अकाउन्ट २०$ लिने हल्ला फैलिएको थियो तर उक्त निर्णयको चौतर्फी बिरोध र दबाबका पश्चात भेरीफिकेशनको मूल्य प्रति महिना ८$ लिने घोषणा गरेका छन् । भेरीफाइड अकाउन्ट हरुमा नीलो मा टिक देखिन्छ जसलाई विश्वसनीय मानिने गरिन्छ । 

ट्विटरमा अहिले करिब ४ लाख २० हजार बढी भेरीफाइड प्रयोगकर्ताको संख्या रहेको छ । जुन सक्रिय प्रयोगकर्ताको संख्याको ०.१% हो । ट्विटरले विभिन्न ७ वर्गको आधारमा अकाउन्टलाई भेरीफाइड गर्दै आएको छ। भेरिफाइड अकाउण्टको लागि प्रति महिना ८$ लिने निर्णयको चौतर्फी बिरोध भईरहेको छ जसको प्रतिक्रियामा मस्कले ब्लु टिकसँगै अन्य विभिन्न थप फिचरहरुपनि रहने संकेत गरेका थिए। 

टि्वटरले अहिले राख्ने संकेत गरेको फिचर यसभन्दा पहिला लिङ्कडिनमा यस्तो किसिमको मासिक सेवामा लिन सकिने व्यवस्था रहेको छ। लिङ्कडिन व्यवसायिक सामाजिक सञ्जाल हो जहाँ विशेषगरी पेशागत व्यक्तिहरू प्रयोगकर्ता छन। लिङ्कडिनमा ८२२ मिलियन बढि प्रयोगकर्ता रहेका छन् जसमा विश्वभरका ५७ मिलियन व्यवसाय र १ लाख २० हजार विद्यालयको लिङ्कडिनमा अकाउन्ट रहेको स्टाटिस्टा मा उल्लेख गरिएको छ। 

स्टाटिस्टाका अनुसार २०२१ मा लिङ्कडिनका ४९.१६ मिलियन प्रयोगकर्ताहरूले मासिक प्रीमियम सेवा लिँदै आएका छन् । लिङ्कडिनको प्रिमियम सेवा लिएका प्रयोगकर्ताले साथी नभएको व्यक्तिलाई पनि मेसेज गर्न मिल्ने सेवा उपलब्ध भएको कारण यसको वजारको आकार ठूलो रहेको छ। ट्वीटरपनि यसबाट प्रभावित रहेको मान्न सकिन्छ। लिङ्कडिनमा मासिक प्रीमियम अकाउण्टको लागि मासिक ४४.९९ अमेरिकी डलर तिर्नुपर्ने हुन्छ। 

एलन मस्कले ट्विटरमा कर्मचारीको उत्पादकत्व बढाउन विविध रणनीति प्रयोग गर्दै आएका छन्, रिपोर्टका अनुसार मस्कले बताएका कर्मचारी फिर्ता बोलाएको समाचार संस्था Bloomberg ले जनाएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको