Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकद्वारा च्याटबट सेवाको सुरुवात

अर्थ संसार

बुधबार, २३ कार्तिक २०७९, १५ : ३५ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा च्याटबट सेवाको सुरुवात

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना सेवाहरु डिजिटलाइज गर्ने क्रममा आफ्ना ग्राहकहरुका लागि वेबसाइट मार्फत च्याटबट सेवा 'सिटिजन्स साथिको’ शुभारम्भ गरेको छ । यस नवीनतम सेवा मार्फत अब ग्राहकहरूले कुनै पनि बैंकिङ्ग सेवाहरूको अनुरोध सिधै च्याटबट सेवा सिटिजन्स साथिद्वारा गर्न सक्नेछन् ।

साथै ग्राहकहरूले बैंकिङ्ग सेवा सम्बन्धी जिज्ञासाहरूको लागि यस प्लेटफम (Platform) मार्फत बैंकका एजेन्टसँग प्रत्यक्ष कुराकानी गर्न सक्नेछन् । यस सेवा ग्राहकमैत्री हुनुका साथै ग्राहकहरूका लागी अझ सहज, सुरक्षित, सर्वसुलभ र विश्वासयोग्य हुने विश्वास बैंकले लिएको छ । 

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, १३३ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट  करिव १४ लाख ९० हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको