Like us!
Follow us!
Connect us!
Watch us!

चन्द्रागिरी हिल्सको नाफा बढ्यो, सञ्चालन आम्दानी १८ करोड

अर्थ संसार

शुक्रबार, २५ कार्तिक २०७९, १० : १२ मा प्रकाशित

चन्द्रागिरी हिल्सको नाफा बढ्यो, सञ्चालन आम्दानी १८ करोड

चन्द्रागिरी हिल्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

समिक्षा अवधिसम्ममा कम्पनीले १ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड ३७ लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो । कोभिड १९ का कारण बन्द कम्पनी कोभिडको प्रभाव कम भएसंगै खुल्दा यो अवधिमा कम्पनी नाफा कमाउन सफल भएको देखिन्छ । 

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १८ करोड ६४ लाख २२ हजार रुपैयाँ पुगेको छ जुन गत आर्थिक बर्षको यसै अवधिमा ११ करोड १ लाख रुपैयााँमा सिमित थियो । अघिल्लो आर्थिक बर्षको तुलनामा यो अवधिमा कम्पनीको सञ्चालन मुनाफा ६९.२० प्रतिशतले बृद्धि भएको हो ।

कम्पनीले प्रकाशित गरेको बित्तिय विवरण अनुसार हाल कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ४२ पैसा छ भने प्रतिशेयर नेटवर्थ ७५ रुपैयाँ १४ पैसा रहेको छ ।

चुक्ता पूँजी १ अर्ब ५३ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोष भने ३८ करोड १३ लाख रुपैयाँले ऋणात्मक छ ।

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणः

636dcfd851c98.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको