Like us!
Follow us!
Connect us!
Watch us!

नबिल फ्लेक्सी क्याप फण्डमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म ?

अर्थ संसार

आइतबार, २७ कार्तिक २०७९, ११ : ०६ मा प्रकाशित

नबिल फ्लेक्सी क्याप फण्डमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म ?

नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले कार्तिक २३ गते, बुधबारदेखि निष्कासन तथा बिक्री खुल्ला गरेकाे ‘नबिल फ्लेक्सी क्याप फण्ड’ मा  आवेदन दिने म्याद थपिएकाे छ । यसअघि आज कार्तिक २७ गतेसम्म आवेदन दिन पाइने भनिएकाेमा अब मंसिर ७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

क्यापिटलले नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ७० करोड रुपैयाँ बराबरको ७ करोड इकाईहरु निष्कासन गरेको हो । जसमध्ये १४ प्रतिशत इकाई कोष प्रवद्धक नबिल बैंकले बिज पुँजीको रुपमा लगानी गर्नेछ । एक प्रतिशत याेजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडका लागि छुट्याइएकाे छ । त्यसपछी बाँकी रहेको ६ करोड ३७ लाख इकाईमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि ५ करोड इकाई बिक्री गरिनेछ । याे खुल्लामुखी योजना हो । 

कति दिने आवेदन ?

लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ७५ लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । 

काे हाे बिक्री प्रबन्धक ?

यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको