Like us!
Follow us!
Connect us!
Watch us!

विश्वकप लाइभको मुद्धा सर्वाेच्चकाे "हेर्न नभ्याइनेमा"

अर्थ संसार

आइतबार, २७ कार्तिक २०७९, १३ : ५६ मा प्रकाशित

विश्वकप लाइभको मुद्धा सर्वाेच्चकाे "हेर्न नभ्याइनेमा"

नेपालमा विश्वकप फुटबलको लाइभ प्रसारणबारे सर्वाेच्च अदालततमा परेकाे रिट आजका लागि हेर्न नभ्याईने सूचीमा परेको छ । सर्वाेच्च अदालतमा विश्वकप फुटबल बारे २ वटा मुद्धा परेकाे थियाे । सर्वोच्चले दुवै वटा मुद्दालाई एकै ठाउँमा राखेर हेर्नेछ ।

सर्वाेच्च अदालतले विश्वकप फुटबल हेर्नका लागि दर्शकबाट ५०० रुपैयाँ असुल गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियाे । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले विश्वकप देखाउन नेपाली दर्शकबाट प्रतिग्राहक ५ सय रुपैयाँ असूल्ने निर्णय तत्काल कार्यन्वयन नगर्न मिडिया हबको नाममा अल्पकालीन अन्तरिम आदेश दिएको थियाे ।

सर्वाेच्चकाे उक्त अल्पकालिन आदेशकाे विरूद्धमा मिडिया हबले सर्वाेच्च अदालततमा मुद्दा दायर गरेको थियाे । विश्वकप हेर्नको लागि दर्शकबाट ५०० रुपैयाँ असुल गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले दिएको आदेश खारेजीको माग गर्दै मिडिया हबले सर्वोच्च अदालतमा रिट दायर गरेका थियाे ।

मिडिया हवको आजको रिट समेत हेर्न नभ्याइनेमा परेपछि नेपालमा विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण थप अन्यौलग्रस्त हुन पुगेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको