Like us!
Follow us!
Connect us!
Watch us!

राइनास नगरपालिकामा सिटिजन्स बैंकको विस्तारित काउण्टर सेवा सुरु

अर्थ संसार

सोमबार, २८ कार्तिक २०७९, १२ : २२ मा प्रकाशित

राइनास नगरपालिकामा सिटिजन्स बैंकको विस्तारित काउण्टर सेवा सुरु

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सेवाग्राहीकाे बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्यकताहरुलाई मध्यनजर राख्दै आफ्नो दोस्रो विस्तारित काउण्टर राइनास नगरपालिका वडा नं ४, सातबिसे बजार, लमजुङमा कार्तिक २७ गतेदेखि भोटेवडार शाखाको मातहतमा रहनेगरी उक्त विस्तारित काउण्टर सेवा सञ्चालनमा ल्याएको छ । यसअघि नै बैंकले मकवानपुर जिल्लामा रजैया विस्तारित काउण्टर सेवा सञ्चालनमा ल्याई सकेको छ । 

सुविधा सम्पन्न यस विस्तारित काउण्टर मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्ने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, रेमिटेन्स सम्बन्धीको सेवाहरु लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिवद्धता बैंकले जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, २ वटा विस्तारित काउण्टर, १३३ वटा एटिएम र ९६ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट  करिव १५ लाख  हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको