Like us!
Follow us!
Connect us!
Watch us!

अरुण काबेली पावरको खुद मुनाफामा गिरावट, अन्य अवस्था कस्तो ?

अर्थ संसार

मंगलबार, २९ कार्तिक २०७९, ०६ : ५७ मा प्रकाशित

अरुण काबेली पावरको खुद मुनाफामा गिरावट, अन्य अवस्था कस्तो ?

अरुण काबेली पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको नाफामा गिरावट देखिएको छ ।

समिक्षा अवधिसम्म आइपुग्दा कम्पनीले ९ करोड ७४ लाख २२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ जुन गत आर्थिक बर्षको यसै अवधिका तुलनामा २८ प्रतिशतले कम हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १३ करोड ५३ लाख ८० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यसैगरी, पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीले बिजुली बेचेर २७ करोड ५१ लाख ८९ हजार रूपैयाँ आम्दानी गरेको छ जुन अघिल्लो बर्षको यसै अवधिको तुलनामा ३.१० प्रतिशतले बढि हो । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले बिजुली बेचेर २६ करोड ६९ लाख रुपैयाँ आम्दानी गरेको थियो । 

समिक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा घटेर २२ करोड ५१ लाख रूपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको सञ्चालन मुनाफा २४ करोड ९५ लाख रूपैयाँ रहेको थियो । 

त्यस्तै, कम्पनीको चुक्ता पूँजी १ अर्ब ८२ करोड ५२ लाख १० हजार रुपैयाँ र जगेडा कोषमा ३० करोड ८० लाख ८९ हजार रूपैयाँ रहेको छ । पहिलो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी घटेर १३.१४ पैसाले घटेर २१ रुपैयाँ १ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ पनि ११६ रुपैयाँ ६१ पैसा पुगेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात १८.०१ गुणा रहेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारको छः

6372e7d29973c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको