नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष तथा शिभम सिमेन्टका प्रबन्धक निर्देशक रघुनन्दन मारुले उत्पादनको लागत अनुसारको मूल्य निर्धारण गरेको बताएका छन्।
शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले भने, ‘सिमेन्ट आत्मनिर्भर छौ तर पोलिसिमा सरकारको साथ भएन । मूल्य वृद्धि होइन समायोजन मात्र भएको हो । उत्पादन कटौती बिधुत कटौती हुदा भएको हो । अझै हामिलाई अघोषित रुपमा १२ घण्टा लोडसेडिङ छ।’
सिमेन्ट उद्योगहरुको वित्तिय अवस्था देशको परिस्थितिका कारण संकटमा परेको बताए ।‘सोनापुर, अर्घाखाँची, शिबम सिमेन्ट कारखाना ठुलो घाटामा चलिरहेको छ। उधोग गर्नु अपराध हो भने हामि अपराधी हो मुलुकको अबस्थाले नै मुल्यको अबस्था सिर्जना भएको हो। मारुले भने ।
मारुले बैंकको ऋणको थाप्लो बोकेर सिमेन्ट कारखाना सन्चालन भइरहेको बताए । बैंकबाट ऋण लिएर सिमेन्ट उधोग चलिरहेको बताए।
संघले निर्माण कार्यमा आएको शिथिलता,आर्थिक मन्दि,पूंजीगत बजेटको न्यून विनियोजन र सो विनियोजित रकम पनि खर्च हुन नसक्नु,उद्योगहरुको नियमित र स्थिर खर्चहरु सालवसालीे अभिवृद्धि हुंदै जानु, मागमा आएको कमीले गर्दा सरदर ३० क्षमतामा उद्योग संचालन गर्न बाध्य हुनु लगायतका कारणहरुले गर्दा ठूलो लगानी रहेका प्राय सबै नेपाली सिमेन्ट उद्योगहरु अत्यन्त ठूलो घाटा व्यहोरी रहेको जनाएको छ । पत्रकार सम्मेलन पछी संघले विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।
उद्योगहरु घाटामा गएका कारण हाल नेपालमा संचालित कुल ६५ वटा सिमेन्ट उद्योगहरु मध्ये २२ वटा सिमेन्ट उत्पादन गर्ने उद्योगहरु यस अवधिसम्म पूर्णतः बन्द भईसकेको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तो छ संघले जारी गरेको विज्ञप्ती
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस