Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ इन्स्योरेन्स सेयर किन्दै हुनुहुन्छ ? हेनुहोस्, कम्पनी विश्लेषण

सोमबार, ०५ भदौ २०७४, ०८ : २६ मा प्रकाशित

सिद्धार्थ इन्स्योरेन्स सेयर किन्दै हुनुहुन्छ ? हेनुहोस्, कम्पनी विश्लेषण

२०७४ भदौ १ मा सम्पन्न सञ्चालक समितिको बैठकले वीरेन्द्र बैदवार क्षेत्रीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । २०७४ साउन १६ गते सम्पन्न सञ्चालक समितिको बैठकले ताराचन्द केडियालाई कम्पनीको अध्यक्षको रूपमा जिम्मेवारी दिएको थियो । गतवर्ष कम्पनीले ३० प्रतिशत बोनस र कर प्रयोजनका लागि १ दशमलव ५७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो । गतवर्ष नै कम्पनीले १९ दशमलव २३ प्रतिशत हकप्रद शेयर विक्री गरेको थियो ।

कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथोे त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७३/७४ र २०७२/७३ बीच तुलना गर्दा :

  • कम्पनीले चालू आर्थिक वर्ष २०७३/७४ को चौथोे त्रैमासमा खुद मुनाफा १९ प्रतिशत वृद्धि गरी २२ करोड १३ लाख रुपैयाँ कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १८ करोड ६० लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

  • पूँजी वृद्धि भएसँगै प्रतिशेयर आम्दानीलाई सन्तुलनमा राख्न कम्पनीलाई कठिन भइरहेको देखिन्छ । यो अवधिमा कम्पनीको पूँजी ५५ प्रतिशत वृद्धि भएकोे छ भने प्रतिशेयर आम्दानी २३ प्रतिशत घटेको छ । प्रतिशेयर आम्दानी ५३ दशमलव ९६ रुपैयाँबाट घटेर ४१ दशमलव ४७ रुपैयाँमा आएको छ ।

  • जगेडा ५ प्रतिशत घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा १५ करोड १८ लाख रहेको जगेडा यो त्रैमासमा १४ करोड ४१ लाख छ ।

  • बीमाकोषमा ३७ प्रतिशत वृद्धि भएर ४१ करोड ३४ लाख रुपैयाँ पुगेको छ ।

  • कुल बीमा शुल्क आर्जन रकम २९ प्रतिशत वृद्धि भएर १ अर्ब ५० करोड पुग्दा खुद बीमा शुल्क आम्दानी २८ प्रतिशत वृद्धि भएर ७२ करोड ८६ लाख पुगेको छ ।

  • यस त्रैमास सम्ममा कुल दाबी भुक्तानी रकम १४ प्रतिशत घटेर ६९ करोड ५५ लाख छ । त्यस्तै, खुद दाबी भुक्तानी ३३ करोड ७० लाख छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७ प्रतिशत धेरै हो ।

  • कुल दाबी भुक्तानी सङ्ख्या ४ हजार ९ सय १५ छ भने भुक्तानी हुन बाँकी दाबी सङ्ख्या २ हजार १ सय ७३ छ ।

  • कम्पनीको चौथो त्रैमासमा प्रतिशेयर आम्दानी ४१ दशमलव ४७ रुपैयाँ, मूल्य आम्दानीको अनुपात ३६ दशमलव १७ गुणा र प्रतिशेयर नेटवर्थ २ सय १४ दशमलव ४९ रुपैयाँ र प्रतिशेयर कुल सम्पत्तिको मूल्य ४ सय ४८ दशमलव शून्य ९ रुपैयाँ छ ।

निष्कर्ष :
खुद नाफामा वृद्धि गरे तापनि कम्पनीले प्रतिशेयर आम्दानी भने बढाउन सकेको छैन । वृद्धि भएको पूँजीअनुसार प्रतिशेयर आम्दानी वृद्धि गर्न नसक्नु कम्पनीको नकारात्मक पक्ष रहेको छ । त्यस्तै, जगेडा कोषमा आएको कमी पनि कम्पनीको अर्को नकारात्मक पक्षको रूपमा देखिन्छ । बीमालेख सङ्ख्या र कुल बीमा शुल्क आर्जन रकममा आएको वृद्धि कम्पनीका केही सकारात्मक पक्ष हुन् ।

प्राविधिक विश्लेषण : सिद्धार्थ इन्स्योरेन्सको मूल्य सच्चिँदै

प्रतिरोध २ : १७४५ । प्रतिरोध १ : १६५० । टेवा १ : १५३० । टेवा २ : १४१५ । हालको अन्तिम मूल्य : १५९०

बजारको अवस्था
यस कम्पनीको २० अगष्ट, २०१७ सम्मको दैनिक मैनबत्ती चार्टको आधारमा कम्पनीको अन्तिम कारोबार मूल्य १५ सय ९० मा छ । अघिल्लो दिनको भन्दा यो १० रुपैयाँ अथवा शून्य दशमलव ६३ प्रतिशत कम हो । अन्तिम दिनको परिमाण ५५ सय ३८ मा छ । यो अघिल्लो दिनको भन्दा २७ सय ९७ कित्ता बढी हो ।

मूल्यको प्रवृत्ति विश्लेषण
चार्टमा देखिएबमोजिम बजार करीब ४ महीनादेखि प्रवृत्तिहीन देखिएको छ । २७ जुलाई, २०१७ मा बजारले १७ सय ४५ को उचाइ लिए पनि त्यसपछि बजार सच्चिरहेको र हाल १५ सय ३० को टेवा क्षेत्रतिर रहेको देखिन्छ ।

अन्य प्राविधिक सङ्केतहरू :
एक्सपोनेन्सियल मुभिङ एभरेज (ईएमए) : बजारको प्रवृत्ति प्रवृत्तिहीन रहेकाले २० दिनको ईएमएले दिएको सङ्केत प्रभावकारी देखिँदैन ।

रिलेटिभ स्ट्रेन्थ इण्डेक्स (आरएसआई) : १४ दिनको आरएसआई ४६ अङ्कमा छ । यसको प्रवृत्ति हेर्दा बजारमा मागभन्दा आपूर्ति बढी रहेको सङ्केत गर्दछ ।

मैनबत्ती : अन्तिम दिनको मैनबत्तीले सेतो मैनबत्ती अथवा त्यस दिन मूल्य बढेको सङ्केत गरे तापनि बजार अघिल्लो दिनको भन्दा १० रुपैयाँ तल झरेको छ ।

निष्कर्ष
मूल्य प्रवृत्ति र अन्य सूचकको विश्लेषण गर्दा यदि मूल्य १६ सय ५० भन्दा माथि केही दिन स्थिर रहन सकेमा बजार सकारात्मक हुन सक्ने सङ्केत गर्दछ । अर्को प्रतिरोध क्षेत्र १७ सय ४५ मा रहेको देखिन्छ । त्यस्तै, बलियो टेवा १५ सय ३० को क्षेत्रमा रहेको देखिन्छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको