Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल क्यापिटलले डाक्याे साधारण सभा, के-के छन् एजेन्डा ?

अर्थ संसार

शुक्रबार, ०२ मंसिर २०७९, १२ : १७ मा प्रकाशित

सिभिल क्यापिटलले डाक्याे साधारण सभा, के-के छन् एजेन्डा ?

सिभिल क्यापिटल मार्केट्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीको कात्तिक २८ गते बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे चाैधाैँ वार्षिक साधारण सभा मंसिर २९ गते, बिहीबार सिटिसी मल, सुन्धारा, काठमाडौँमा बिहान ११:३० बजेदेखि सुरू हुनेछ ।

सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गरी पारित गरिनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । 

त्यसैगरी, सभामा सिभिल क्यापिटल मार्केट लिमिटेड र अन्य उपयुक्त संस्था एक आपसमा गाभ्न / गाभिन / मर्जर गर्न वा प्राप्ति (एक्विजिसन) गर्न आवश्यक सहमती र सम्झौता गर्ने लगायत प्रचलित कानून अनुसार क्यापिटलको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको संशोधनको सम्बन्धमा नियमनकारी निकायहरुबाट संशोधन, परिमार्जन तथा थपघट गर्न कुनै निर्देशन प्राप्त भएमा प्राप्त निर्देशन बमोजिम सो समेत मिलाई संशोधन वा परिमार्जन समेतका सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने  विशेष प्रस्ताव पनि पारित गरिनेछ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

637727c1f0e66.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको