Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल क्यापिटलको विशेष साधारण सभा सम्पन्न, हिमालयन क्यापिटलले प्राप्ति गर्ने प्रस्ताव पारित

अर्थ संसार

बुधबार, २७ भदौ २०८०, १७ : १४ मा प्रकाशित

सिभिल क्यापिटलको विशेष साधारण सभा सम्पन्न, हिमालयन क्यापिटलले प्राप्ति गर्ने प्रस्ताव पारित

सिभिल क्यापिटल मार्केट लिमिटेडको विशेष साधारण सभा आज भाद्र २७ गते बुधबारका दिन सिटिसी मल, सुन्धारा, काठमाडौंमा सञ्चालक समितिका अध्यक्ष भोला बहादुर बिष्टको अध्यक्षतामा सम्पन्न भएकाे छ ।

यस सभाले सिभिल क्यापिटल मार्केट लिमिटेडलाई हिमालयन क्यापिटल लिमिटेडले गाभ्ने/प्राप्ति गर्ने र सञ्चालक समितिबाट अनुमोदन शेयर आदान प्रदान अनुपात (Share Swap Ratio) १००:३१ को आधारमा हिमालयन क्यापिटल लिमिटेडले सिभिल क्यापिटल मार्केट लिमिटेडलाइ प्राप्ति गर्ने लगायतका सबै प्रस्तावहरु पारित गरेको छ ।

कम्पनीको विशेष साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न सक्रिय भूमिका निर्वाह गर्ने सेयरधनीहरुप्रति कम्पनीले  धन्यवाद व्यक्त गरेकाे छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको