Like us!
Follow us!
Connect us!
Watch us!

सेञ्चुरी बैंकले मुनाफा ४४ करोड ७४ लाख

सोमबार, ०५ भदौ २०७४, १२ : ४१ मा प्रकाशित

सेञ्चुरी बैंकले मुनाफा  ४४ करोड ७४ लाख

अर्थ संसार, काठमाडौं–  सेञ्चुरी बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा ४४ करोड ७४ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ ।

यो नाफा अघिल्लो वर्षको भन्दा ८.२१५ ले धेरै हो । अघिल्लो वर्ष सेञ्चुरीले ४१ करोड ३५ लाख ३४ हजार रुपैयाँमात्र खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी पनि अघिल्लो वर्षको भन्दा २९.५३५ ले बढेर १ अर्ब १३ करोड ९६ लाख ६७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकको खुद ब्याज आम्दानी ८७ करोड ९७ लाख ८९ हजार रुपैयाँमात्र थियो ।

बैंकले ३ करोड ९१ लाख १ हजार रुपैयाँ राइट ब्याक गरेको छ भने सम्भावित जोखिममा १७ करोड ७३ लाख रुपयाँ छुट्याएको छ । निक्षेप संकलन गत वर्षको २८ अर्बबाट बढाएर ४२ अर्ब ५९ करोड ३६ लाख ५४ हजार रुपैयाँ पुर्याएको सेञ्चुरीले ३९ अर्ब ५० करोड ७७ लाख ८४ हजार रुपैयाँ कर्जा प्रवाह गर्न पनि सफल भएको छ ।

यसको कर्जा निक्षेप अनुपात भने ७७.९०५ बाट घटेर ७३.६३५ आइपुगेको छ । त्यस्तै, कस्ट अफ फन्ड भने ४.१९५ बाट बढेर ८.१०५ पुगेको छ ।

सेञ्चुरीको खराब कर्जा भने केही बढेर १.१५५ पुगेको छ । अघिल्लो वर्ष बैंकको खराब कर्जा ०.२२५ मात्र थियो । सेञ्चुरीको इक्विटीमा प्रतिफल भने ६.६२५ ले घटेर ७.२२५ मा सीमित छ । अघिल्लो वर्ष इक्विटीमा प्रतिफल १३।८४५ थियो ।

एक वर्षको अवधिमा बैंकको चुक्ता पुँजी ७०.१२५ ले बढेर ५ अर्ब ४६ करोड ६ लाख २९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष चुक्ता पुँजी ३ अर्ब २० करोड ९७ लाख रुपैयाँमात्र थियो ।

सेञ्चुरीले राष्ट्र बैंकले तोकेको ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन अरनिको डेभलपमेन्ट बैंक, इन्नेभेटिभ डेभलपमेन्ट बैंक र सगरमाथा फाइनान्सलाई एक्वायर गरेर एकीकृत काराबार गरीसकेको छ भने सेती फाइनान्स र अल्पाइन डेभलपमेन्ट बैंकलाई एक्वायर गर्ने प्रकृयामा छ ।

यी दुई संस्थालाई एक्वायर गरेपछि भने बैंकको चुक्ता पुँजी अझै बढ्नेछ । यस्तै, बैंकले राष्ट्र बैंकले तोेकेको ८ अर्ब न्यूनतम चुक्ता पुँजी पुर्याउन साउन १६ देखि ४०५ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ । यो हकप्रद १८ गतेसम्म भर्न पाइनेछ ।

बैंकको प्रतिसेर आम्दानी ५ रुपैयाँ २७ पैसाले घटेर ८ रुपैयाँ २० पैसामा सीमित भएको छ । अघिल्लो वर्ष बैंकको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ४७ पैसा थियो । प्रतिसेयर नेटवर्थ भने ११८ रुपैयाँ ७५ पैसाबाट बढेर १२१ रुपैयाँ ७५ पैसा पुगेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको