Like us!
Follow us!
Connect us!
Watch us!

चितवन-१ मा मतान्तर बढाँउदै राष्ट्रिय स्वतन्त्र पार्टीका हरी ढकाल

अर्थ संसार

मंगलबार, ०६ मंसिर २०७९, ०७ : १७ मा प्रकाशित

चितवन-१ मा मतान्तर बढाँउदै राष्ट्रिय स्वतन्त्र पार्टीका हरी ढकाल

चितवन १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरी ढकालले लिड गरेका छन् । भर्खरै सार्वजनिक गरिएको परिणाम अनुसार ढकालले सबैभन्दा बढि मत प्राप्त गरेका छन् ।

उनले पुर्व अर्थमन्त्री समेत रहेका एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे र योजना आयोगका निवर्तमान उपाध्यक्ष तथा गठबन्धनका साझा उमेद्वार नेपाली कांग्रेसका विश्व पौडेललाई पछि पार्दै ५ हजार ९८ मत सहित अग्रस्थानमा छन् ।

त्यस्तै कांग्रेसका पौडलेले ३ हजार ८ सय ८४ मत प्राप्त गर्दा नेकपा एमालेका सुरेन्द्र पाण्डेले भने ३ हजार ३ सय ८० मत प्राप्त गरेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको