Like us!
Follow us!
Connect us!
Watch us!

चितवन-२ मा रबि लामिछानेको दोब्बर बढिको अग्रता

अर्थ संसार

बुधबार, ०७ मंसिर २०७९, ०६ : ५८ मा प्रकाशित

चितवन-२ मा रबि लामिछानेको दोब्बर बढिको अग्रता

चितवन क्षेत्र न. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेले मतान्तर बढाएका छन् । बिहान ६ः३० बजे सार्वजनिक नतिजा अनुसार लामिछाने आफ्ना निकतम प्रतिद्धन्द्धी भन्दा दोब्बर मतले अगाडी छन् । 

बिहान ६ः३० बजेसम्ममा रबि लामिछानेले १२ हजार ७ सय ७८ मत प्राप्त गर्दा उनका निकतम प्रतिद्धन्द्धि नेकपा एमालेका कृष्णभक्त पोख्रेलले ५ हजार ९ सय ५० मत मात्र प्राप्त गरेका छन् । उनिहरु बिचमा ६ हजार ८ सय २८ मतको अग्रता छ । 

त्यस्तै सत्ता गठबन्धनबाट साझा उमेद्वार बनेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले ५ हजार ७ सय ६ मत प्राप्त गरेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको