Like us!
Follow us!
Connect us!
Watch us!

सुरू भयाे शुभ लक्ष्मी काेषकाे काराेबार

अर्थ संसार

बुधबार, ०७ मंसिर २०७९, १२ : ५४ मा प्रकाशित

सुरू भयाे शुभ लक्ष्मी काेषकाे काराेबार

लक्ष्मी क्यापिटल लिमिटेडले साउन १९ गते, बिहीबारदेखि भदाै २ गतेसम्म निष्कासन तथा बिक्री खुल्ला 'शुभ लक्ष्मी काेष' का इकाईहरू आज (मंसिर ७ गते, बुधबार) बाट खरिद बिक्री गर्न सकिने भएकाे छ । 

यस फण्डकाे इकाईहरू आजदेखि लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, नयाँ बानेश्वर, काठमाडाैँ मार्फत् खरिद बिक्री गर्न सकिने क्यापिटलले बताएकाे छ  आइतबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म इकाई खरीद बिक्री गर्न सकिने क्यापिटलले प्रकाशन गरेकाे सूचनामा उल्लेख गरिएकाे छ । 

क्यापिटलले लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाईहरु निष्कासन गरेको थियाे । खुलामुखी योजना भएको हुनाले धिताेपत्र दाेश्राे बजार (नेपाल स्टक एक्सचेञ्ज) मा यसकाे काराेबार हुँदैन । 

क्यापिटलले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

637dc841beadf.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको