Like us!
Follow us!
Connect us!
Watch us!

ब्याजदर वृद्धि फिर्ता लिन नेपाल लाइफका उच्च तहकाे बेवास्ता, आन्दोलनमा उत्रिने युनियनकाे चेतावनी

अर्थ संसार

बुधबार, ०७ मंसिर २०७९, १४ : १५ मा प्रकाशित

ब्याजदर वृद्धि फिर्ता लिन नेपाल लाइफका उच्च तहकाे बेवास्ता, आन्दोलनमा उत्रिने युनियनकाे चेतावनी

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ब्याजदर वृद्धि फिर्ता लिने म्याद आज सकिँदैछ । कम्पनीकाे सञ्चालक समितिले गरेको बीमालेख धितोकर्जाको ब्याजदर वृद्धि फिर्ता लिनको लागी पेशागत अभिकर्ता संघले दिएको समय सीमा आज सकिने भएपनि उच्च तहले बेववास्ता गरिएकाे पाइएकाे छ । कम्पनीकाे व्यवस्थापन समिति एवमं सञ्चालक समितिले व्यतित बीमालेखमा ब्याज छुटको अवधि थप गर्ने बाहेकका अन्य कुनै पनि माग पुरा गरेको छैन ।

यता पेशागत अभिकर्ता संघले भने माग पुरा नभए आन्दोलनमा उत्रिएर सेवा ठप्प पार्ने चेतावनी यसअघि नै दिई सकेको छ । यही कार्तिक २३ गते नेपाल लाईफ पेशागत अभिकर्ता संघले कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली समक्ष बीमालेख कर्जा ब्याजदरमा गरिएको वृद्धि फिर्ता लिन, व्यतित बीमालेख पूनर्जागरणको समयावधि थप गर्न लगायतको माग पेश गरेको थियो ।

नेपाल लाईफ इन्स्योरेन्सले धितोपत्र बोर्ड र बीमा प्राधिकरणको निर्देशिकालाई धज्जी उडाउँदै गर्यो संचालक नियुक्ति

कम्पनीका सीईओ पराजुलीले संघका टाेलीसँग छलफल गरेका थिए । संघका नेता गणेश अधिकारीको संयोजकत्वमा रहेको टोलीले बीमालेख धितोकर्जाको ब्याजदर घटाउन, व्यतित बीमालेख नविकरण गर्ने छुटको समय बढाउन, नयाँ बीमालेख, अभिकर्ता कर्जा लगायतका विषयमा छलफल गरेको थियो ।

अभिकर्ताले बीमालेख धितोकर्जा १० प्रतिशतबाट १२ प्रतिशत पुर्याइएको भन्दै विरोध गर्दै ब्याजदर पूर्ववत अवस्थाकै १० प्रतिशतमा झार्न दवाव दिएका छन् । अभिकर्ता कर्जाका विषयमा पनि सहजीकरण गर्न अनुरोध गर्दै कर्जा तथा अन्य सुविधा उपलब्ध गराउनुपर्ने उनीहरुले माग गरेका छन् । साथै परिमार्जित बीमालेखहरुको बीमाशुल्क महंगो बनाइएको भन्दै पुरानै र सस्तो बीमाशुल्कमा बीमालेख खरिद गर्न सकिने गरी बिक्रीमा ल्याउनु पर्ने माग राखिएकाे छ ।

अभिकर्तासँगको छलफलपछि प्रमुख कार्यकारी अधिकृत पराजुलीले सञ्चालक समितिको बैठकमा पेश गरेर माग सम्बोधन गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । तर अहिले म्याद सकिन लाग्दा पनि उनी प्रतिवद्धता पुरा गर्नबाट टाढै बसेकाे देखिन्छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको