Like us!
Follow us!
Connect us!
Watch us!

बैंक अफ काठमाण्डूकाे ६ प्रतिशत बाेनस समायाेजन, प्रतिकित्ता मूल्य कति ?

अर्थ संसार

विहीबार, ०८ मंसिर २०७९, १६ : २९ मा प्रकाशित

बैंक अफ काठमाण्डूकाे ६ प्रतिशत बाेनस समायाेजन, प्रतिकित्ता मूल्य कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बैंक अफ काठमाण्डू लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । 

बैंककाे ६ प्रतिशत बाेनसपछि नेप्सेले प्रतिकित्ता २ सय १४ रूपैयाँ २५ पैसा कायम हुनेगरी मूल्य समायाेजन गरेको छ । नेप्सेले अन्तिम कारोबार मूल्य २ सय २७ रूपैयाँ १० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंकको २८ औँ वार्षिक साधारणसभा मङ्सिर २३ गते शुक्रबार बिहान १० बजेदेखि ञिभुवन आर्मी अफिसर्स क्लबमा संचालन हुनेछ । सभाले बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ६ प्रतिशत बोनस सेयर र १४.९५ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल २०.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

 

637f4c0fd0bb7.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको