Like us!
Follow us!
Connect us!
Watch us!

सेबोनले दियो एकैचोटी ५ कम्पनीलाई आईपीओ निष्कासनको अनुमति

अर्थ संसार

विहीबार, ०८ मंसिर २०७९, १७ : २२ मा प्रकाशित

सेबोनले दियो एकैचोटी ५ कम्पनीलाई आईपीओ निष्कासनको अनुमति

नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले एकैचोटी ५ वटा कम्पनीलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्ने अनुमति दिएको छ । सेबाेनले माया खोला हाइड्रोपावर कम्पनी लिमिटेड, एशियन हाइड्रोपावर कम्पनी लिमिटेड, शुभम पावर कम्पनी लिमिटेड, सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेड र सुपर मादी हाइड्रोपावर कम्पनी लिमिटेडलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो। 

माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आयाेजना प्रभावित स्थानीय तथा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ३४ कराेड रूपैयाँ बराबरकाे ३४ लाख कित्ता आईपीओ निष्कासन गर्न वैशाख २८ गते सेबाेनमा निवेदन पेश गरेकाे थियाे । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ११ करोड ८० लाख रूपैयाँ बराबरकाे ११ लाख ८० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न पाैष ११ गते सेबाेनमा निवेदन दिएकाे थियाे । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धककाे काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ । 

सुपर मादी हाइड्रोपावर कम्पनी लिमिटेडले आयाेजना प्रभावित स्थानीय तथा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ३१ कराेड ५० लाख रूपैयाँ बराबरकाे ३१ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न असार १५ गते, बुधबार सेबाेनमा निवेदन पेश गरेकाे थियाे । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १० लाख कित्ता आईपीओ निष्कासन गर्न गत मंसिर २० गते नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड सेबाेनमा निवेदन दिएकाे थियाे । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धककाे काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ ।

शुभम पावर कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ५ लाख ८० हजार ५८० कित्ता आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड सेबाेनमा निवेदन दिएकाे थियाे । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धककाे काम मुकतिनाथ क्यापिटल लिमिटेडले गर्नेछ ।

637f5a184fe54.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको